YouTube Link

राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीले क्यानलाई बुझाए स्पष्टीकरण

Facebook Link

 

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण बुझाएका छन् ।

 

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीले स्पष्टीकरण बुझाएका हुन् ।

 

खेलाडीले सेन्ट्रल कन्ट्रयाक्टको विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएको कारण क्यानले चार खेलाडीसँग स्पष्टीकरण मागेको थियो ।

 

क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले खेलाडीले स्पष्टीकरण बुझाएको र त्यसमा अध्ययन भईरहेको बताए ।

 

कार्यवाहक सचिव मल्लको संयोजकत्वमा गठित ५ पाँच सदस्सीय समितिले खेलाडीले बुझाएको स्पष्टीकरणमा  अध्ययन गर्ने छन्  ।

 

समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् ।

 

क्यानको सेन्ट्रल कन्ट्रयाक्टको विषयमा खेलाडीहरुले असन्तुष्टि पोख्दै आएका छन् । अधिकांस खेलाडीले सेन्ट्रल कन्ट्रयाक्ट सम्झौतामा हस्ताक्षर गरेका छैन् ।

 

जसको कारण क्यानले सेन्ट्रल कन्ट्रयाक्टको सूची सार्वजनिक गर्न सकेको छैन ।

 

क्यानले गत वर्षबाट राष्ट्रिय टिमका खेलाडीलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्ट दिदै आएको छ ।

 

वर्गीकरण अनुसार  ‘ए’  श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीकाले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले  ३० हजार मासिक पाउँदै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...