YouTube Link

राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीले क्यानलाई बुझाए स्पष्टीकरण

Facebook Link

 

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण बुझाएका छन् ।

 

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीले स्पष्टीकरण बुझाएका हुन् ।

 

खेलाडीले सेन्ट्रल कन्ट्रयाक्टको विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएको कारण क्यानले चार खेलाडीसँग स्पष्टीकरण मागेको थियो ।

 

क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले खेलाडीले स्पष्टीकरण बुझाएको र त्यसमा अध्ययन भईरहेको बताए ।

 

कार्यवाहक सचिव मल्लको संयोजकत्वमा गठित ५ पाँच सदस्सीय समितिले खेलाडीले बुझाएको स्पष्टीकरणमा  अध्ययन गर्ने छन्  ।

 

समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् ।

 

क्यानको सेन्ट्रल कन्ट्रयाक्टको विषयमा खेलाडीहरुले असन्तुष्टि पोख्दै आएका छन् । अधिकांस खेलाडीले सेन्ट्रल कन्ट्रयाक्ट सम्झौतामा हस्ताक्षर गरेका छैन् ।

 

जसको कारण क्यानले सेन्ट्रल कन्ट्रयाक्टको सूची सार्वजनिक गर्न सकेको छैन ।

 

क्यानले गत वर्षबाट राष्ट्रिय टिमका खेलाडीलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्ट दिदै आएको छ ।

 

वर्गीकरण अनुसार  ‘ए’  श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीकाले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले  ३० हजार मासिक पाउँदै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...