Rajshow Bivag

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

Departmant of helth services

 

एजेन्सी: रियल म्याड्रिड समूह चरणको एक खेल बाँकी छँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

 

घरेलु टोली सेरिफलाई ३–० ले पराजित गर्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलसँगको हार तथा अर्को खेलमा इन्टर मिलानको जितले सेरिफको नकआउट चरण पुग्ने सम्भावना सकिएको छ ।

 

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको रियलले ३०औं मिनेटमा गोलको खाता खोलेको थियो । डेभिड अलाबाले फ्रिकिकमार्फत सिधै गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए ।

 

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । खेलको ५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई ३–० ले अघि बढाए ।

 

जितसँगै रियलले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । गत सेप्टेम्वरमा रियल घरेलु मैदानमा २–१ ले स्तब्ध बनेको थियो ।

 

जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अंक छ । पराजित सेरिफ ६ अंक जोडेर तेस्रो तथा साख्तर डोनेस्क १ अंक जोडेर पुछारमा छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...