YouTube Link

कतारलाई लगातार दोश्रो खेलमा हराउँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई लगातार दोश्रो खेलमा हराउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।

 

नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज २–० ले जितेको छ । नेपाली महिला टोलीले पहिलो पटक सिरिज खेलेको हो ।

 

नेपालले प्रस्तुत गरेको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा अल आउट भयो । कतारकी कप्तान आयशाले ३२ बलमा २ चौका सहित सर्वाधिक २४ रन बनाइन् । केरी पाउनसेटले १८ बलमा २ चौका सहित १५ रन जोडिन् । पहिलो खेलमा नेपालसँग २७ रनमा अल आउट भएको कतारले दोस्रो खेलमा भने सुधारिएको ब्याटिङ गरेको थियो ।

 

नेपालले आइसिसी वुमन्स टि-२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि-२० आई सिरिज सिरिज खेलेको हो ।

 

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि-२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् ।

 

एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि-२० ग्लोबल छनोट खेल्न पाउने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...