Rajshow Bivag

युरोपा कन्फोरेन्स लिगमा कोन्टेको प्रशिक्षणमा टोटनहम विजय भएको छ

६ अंक जोडेको भिटेस तेस्रो स्थानमा

Departmant of helth services

एजेन्सीः युरोपा कन्फोरेन्स लिगमा प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षणमा टोटनहमले गएराति भिटेसमाथि ३–२ को विजय हासिल गरेको छ ।

कोन्टेको प्रशिक्षणमा पहिलो पटक खेलेको पहिलो हाफमा पाँच गोल भएको थियो भने तीन वटा रातो कार्डको देखाइएको थियो ।

इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले १५औं मिनेटमा ह्युङमिन सनको गोलबाट अग्रता लिएको थियो ।

२२औं मिनेटमा लुकास मोउराले टोटनहमकाे अग्रता दोब्बर बनाए ।

भिटेसका जाकोब रासमुसेनले २८औं मिनेटमा गरेको अत्मघाती गोलमा टोटनहमले अग्रता बनाएको थियो ।

रासमुसेनले ३२औं मिनेटमा गरेको गोलबाट भिटेसले पुनरागमनको प्रयास गर्यो ।

माटुस बेरोले ३९औं मिनेटमा अर्को गोल थपेपछि भिटेसले अंक लिने सम्भावना बढेको थियो ।

५९औं मिनेटमा टोटनहमका क्रिष्टेन रोमेरोले दोस्रो पहेंलो कार्डको सामना गरेपछि घरेलु टोली दश खेलाडीमा सीमित बनेको थियो ।

८१औं मिनेटमा ड्याल्हो डोइखीले दोस्रो पहेंलो कार्डको सामना गरेपछि भिटेस पनि दश खेलाडीमा सीमित बन्यो ।

त्यसको चार मिनेट वित्न नपाउँदै मार्कुस सुबर्टले सिधै रातो कार्डको सामना गरेपछि भिटेस ९ खेलाडीमा सीमित भयो ।

‘‘आज निकै तनावपूर्ण खेल भयो तर मलाई यस्तो खेल मन पर्दैन,’’ टोटनहमका प्रशिक्षक कोन्टेले भने, ‘‘हामी तीन शुन्यले अगाडि थियौं ।

रातो कार्डको सामना गरेपछि हामी उल्टै दबाबमा पर्यौं ।

खेल जस्तो भए पनि हाम्रो लागि जित महत्त्वपूर्ण थियो ।

यसले खेलाडीको मनोबल बढ्नेछ ।’’

जितपछि सात अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ ।

युरोपा कन्फोरेन्स लिगमा ६ अंक जोडेको भिटेस तेस्रो स्थानमा छ ।

टोटनहम सम्मिलित समूह ‘जी’ रेनेस दश अंकका साथ शीर्ष स्थानमा छ ।

गएराति नै सम्पन्न खेलमा रेनेसले मुरालाई १–० ले हराएको थियो ।

टोटनहमका पूर्व प्रशिक्षक जोजे माउरिन्होले सम्हालेको क्लब एएस रोमा गएराति बोडोग्लीम्टसँग २–२ को बराबरीमा रोकियो ।

बराबरीपछि रोमाले समूह ‘सी’ को शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

बोडोग्लीम्ट आठ अंकका साथ शीर्ष स्थानमा रहँदा रोमा सात अंकका साथ दोस्रो स्थानमा छ ।

६ अंक जोडेको जोर्याले तेस्रो स्थानमा छ ।

पीएफसी सिएसकेए–सोफिया एक अंकका साथ पुछारमा छ ।

यो पनि पढ्नु होस्ः

आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डको सानदार जित

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

  काठमाडौं: बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

वि.सं.२०८१ वैशाख १० सोमवार ०६:५३

  काठमाडौं: एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय...