विश्वकप विजेता फ्रान्स स्तब्ध स्वीट्जरल्यान्ड क्वाटरफाइनलमा
विश्व च्याम्पियन फ्रान्स
वि.सं.२०७८ असार १५ मंगलवार ०९:०३
2K
shares
एजेन्सीः विश्वकप विजेता फ्रान्सलाई टाइब्रेकरमा हराउँदै स्वीट्जरल्यान्ड युरोकपको क्वाटरफाइनल पुगेको छ ।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएको थियो ।
अतिरिक्त थप गरिएको ३० मिनेटमा दुबै टिमबाट कुनै गोल हुन नुसके पछि खेल टाइब्रेकर तर्फ धकेलिएको थियो ।
फ्रान्सको तर्फबाट पाचौँ प्रहार गरेका केलियन एमबाप्पे चुकेका थिए ।
युरोकप २०२० प्रतियोगितामा यो पहिलो टाइब्रेकर थियो ।
टाइब्रेकरमा जित निकाले पछि स्वीट्जरल्यान्डका खेलाडीहरु

निर्धारित समयमा फ्रान्सका करिम बेन्जेमाले दुई र पल पोग्बाले एक गोल गरे ।
स्वीट्जरल्यान्डका ह्यारिस सेफेरोभिचले पनि दुई गोल गरेका थिए ।
१५ औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
५५ औँ मिनेटमा स्वीट्जरल्यान्डले पेनाल्टी प्रहारको मौका पाएपनि सदुपयोग गर्न सकेन।
रिकार्डो रोड्रिगुएजको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले विफल बनाए।
त्यसपछि बेन्जेमाले ५७ र ५९ औँ मिनेटमा शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
पोग्बाले ७५ औँ मिनेटमा करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो।
सेफेरोभिचले ८१ औँ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काउने सम्भावना कायमै राखेका थिए।
मारियो गाभ्रानोबीचले ९० औँ मिनेटमा गोल गर्दै खेल३-३ गोलको बराबरीमा फर्काएका थिए ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ असार १५ मंगलवार ०९:०३




















