YouTube Link

बेल्जियम युरोकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ

Facebook Link

एजेन्सीः बेल्जियम समूह डबीबाट युरोकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

बेल्जियमले डेनमार्कलाई २–१ गोलले पराजित गरेको हो ।

कोपेनहेगनको पार्केन स्टेडियममा डेनमार्क क्रिस्टियन एरिक्सनको घटना पछि पहिलो पटक मैदानमा उत्रिएको थियो ।

युरोकप अन्र्तगत फिनल्यान्ड विरुद्ध स्ट्राइकर एरिक्सनलाई कार्डियक अरेस्टमा समस्या भएको

थियो ।

डेनिस टोलीका लागि यो खेल भावुक रह्यो ।

खेल सुरु भएको ९९ सेकेन्डमै गोल गर्दै उत्कृष्ट सुरुवात गरेको थियो ।

युसुफ पुलसेनले गोल गरेका थिए । यो युरो इतिहासको दोस्रो छिटो भएको गोल पनि हो ।

सन् २००४ मा रुसका दिमत्री किरीचेन्कोले सर्वाधिक छिटो ६७ सेकेन्डमा ग्रिस विरुद्ध गोल गरेका

थिए ।

खेल सुरु भएको दश मिनेटमा बेल्जियमले वललाई मैदान बाहिर पठाउँदै एरिक्सन प्रति समर्पण

गरेको थियो ।

दुवै टिमका खेलाडी, प्रशिक्षक, पदाधिकारी, रेफ्रि र मैदानमा उपस्थित २५ हजार समर्थकले त्यस

अवसरमा ताली बजाएका थिए ।

पहिलो हाफमा वलियो टोली विरुद्ध डेनमार्क हाबी भयो ।

उसले गोलको अवसर सिर्जना गरेको थियो ।

तर दोब्बर बनाउन सकेन ।

दोस्रो हाफमा बेल्जियम प्रशिक्षक रोबर्टो मार्टिनेजले मिडफिल्डर केभिन डि ब्रुयनालाई मैदान प्रवेश

गराए ।

उनले चोटका कारण युरोको अघिल्लो खेल गुमाएका थिए ।

ब्रुयनाको प्रवेशसँगै बेल्जियमको खेलमा परिवर्तन आयो ।

डेनमार्क माथि फिफा वरियताको शीर्ष स्थानमा रहेको टोली बेल्जियमले दवाव बनायो ।

५४ औं मिनेटमा ब्रुयनाको पासमा थोर्गान हाजार्डले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए ।

७०औं मिनेटमा ब्रुयना आफैंले इडेन हाजार्डको सहयोगमा गोल गरेपछि बेल्ज्यिम दुइ एकले

विजयी भयो ।

युरोमा पहिलो गोल गरेका ब्रुयनाले खुशीयाली भने मनाएनन् ।

बेल्जियमले पहिलो खेलमा रुसलाई पराजित गरेको थियो ।

डेनमार्कको यो लगातार दोस्रो हार हो ।

यसअघि फिनल्यान्डसँग डेनमार्क एक शून्यले हारेको थियो ।

अब समूहको अन्तिम खेलमा बेल्जियमले फिनल्यान्ड र डेनमार्कले रुससँग खेल्नेछ ।

यो पनि पढ्नु होस्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...