YouTube Link

विश्वकप छनोट अन्तर्गत आज नेपालले बलियो टिम जोर्डनसँग खेल्दै

Facebook Link

काठमाडौंः सन् २०२२ को विश्वकप तथा सन् २०२३ को एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले सोमबार बलियो टिम जोर्डनसँग खेल्दैछ ।

 

खेल राति ९ः४५ बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुँदैछ ।

 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमको लक्ष्य जित नै रहेको बताएका छन् ।

 

प्रशिक्षक भन्छन ‘हरेक खेल शून्यबाट शुरु हुन्छ र परिणाम मैदानको प्रदर्शनमा निर्भर गर्दछ ।

 

हाम्रो लक्ष्य शुरुबाट खेल जित्ने छ । हाम्रो लक्ष्य एसिया कप छनोट हुनु हो । यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ ।

 

नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । नेपालले दुई खेल गुमाएको छ । एक खेल बराबरी खेलेको छ ।

 

सन् २०११ मा विश्वकप छनोट अन्तर्गत नेपालले जोर्डनसँग खेलेको पहिलो खेलमा जोर्डनको मैदानमा ९–० गोल अन्तरले पराजित भएको थियो ।

 

२०११ मै नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो । २०१९ मा नेपालले जोर्डनसँग अक्टोबरमा खेलेको थियो ।

 

विश्वकप छनोट अन्तर्गत नेपालले जोर्डनसँग उसैको मैदानमा ३–० गोल अन्तरले पराजित भएको थियो ।

 

नेपाल विश्वकप छनोटको सम्भावनाबाट बाहिरिएको छ । एसिया कप छनोटको सम्भावना जिवितै छ ।

 

त्यसका लागि नेपालले जोर्डनलाई हराउनै पर्ने हुन्छ ।

 

छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ ।

 

नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।

 

जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

शतप्रतिशत नतिजासहित ५ खेलबाट १५ अंकको अष्ट्रेलिया पहिलो, ६ खेलबाट १० अंकको कुवेत दोस्रो तथा पुछारको चाइनिज ताइपेई अंकविहीन छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%af%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b9%e0%a4%ad/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...