विराटनगर सिटी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको प्लेअफमा प्रवेश
वि.सं.२०७८ वैशाख २३ बिहीवार १९:४१
1.4K
shares
काठमाडौं: काठमाडौं रेजर्स फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।
आज भएको रोमाञ्चक खेलमा विराटनगर सिटी एफसीलाई ५-४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।
काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे ।
स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक-एक गोल गरे ।
विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए ।
एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक-एक गोल रह्यो ।
जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ ।
यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।
विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ ।
विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।
वि.सं.२०७८ वैशाख २३ बिहीवार १९:४१




















