YouTube Link

च्याम्पियान लिगको फाईनलमा चेल्सी र म्यानचेस्टर सिटीको भिडन्त

Facebook Link

एजेन्सीः स्पेनिस महारथी रियल मड्रिडलाई पराजित गर्दै चेल्सी च्याम्पियान लिग फाईनल पुगेको छ ।

स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा रियल म्याड्रिड माथि २-० को सहज जित निकालेको चेल्सी समग्रमा ३-१ को नतिजा निकाल्न सफल भयो ।

चेल्सीले यस सिजनको च्याम्पियन्स लिग फाइनलमा इंग्लिस प्रिमियर लिगमा आफ्नो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ ।

थोमस टचेलको आगमनसँगै चामत्कारिक परिवर्तन देखिएको चेल्सीका लागि गोलरक्षक एडोवार्ड मेण्डीको प्रदर्शन शानदार रह्यो ।

पहिलो हाफमा उनले करिम बेन्जेमाको शशक्त दुई प्रहारलाई रोकेका थिए ।

अघिल्लो साता सान्टियागो वर्नबाउमा १-१ को बारबरी खेलेको चेल्सीले २८ औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता बनायो ।

काई हाभेर्टजले गरेको प्रहार बारमा लागेर फर्किएपछि वेर्नरले लगभग गोललाइनबाट हेड गोल गरेका थिए ।

दोस्रो हाफमा बल पकड चेल्सीको नियन्त्रणमा थियो ।

उसले आफ्ना पूर्व गोलरक्षक थियावट कोर्टवालाई पछि पार्न कठिन भइरहेको थियो ।

हाभेर्टज्, एनगोलो कान्टे लगायतको प्रहार कोर्टवाले रोकेका थिए ।

८५ औं मिनेटमा मासोन माउन्टले गोल गरेपछि चेल्सीको फाइनल यात्रा निश्चित बन्यो ।

चेल्सी सन् २०१२ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

जनवरीमा क्लबका लिजेन्ड फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरिएपछि आएका थोमस टचेलले क्लबमा उल्लेख्य परिवर्तन गरेका छन् ।

उनले लगातार दोस्रोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरसमेत पाएका छन् ।

अघिल्लो सिजन पेरिस सेन्ट जर्मेइन ९पीएसजी०मा रहँदा उनको टोली फाइनलमा बायर्न म्यूनिखसँग पराजित रहेको थियो ।

फाइनल मे २९ मा टर्कीको इस्तानबुलमा हुनेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...