YouTube Link

पिएसजीका स्टार एमबाप्पे घाइते म्यानचेस्टर सिटीलाई फाईदा

Facebook Link

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पिएसजी) का पिएसजीका स्टार केलियन एमबाप्पेलाई चोट लागेको छ ।

दायाँ पिडौलाका चोटका कारण शनिबार लिग वानमा लेन्सविरुद्ध हुने खेलमा एमबाप्पे खेल्ने छैनन् ।

म्यानचेस्टर सिटीविरुद्ध हुने च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा पनि उनी खेल्नेमा शंका बढेको छ ।

पिएसजी र सिटीबीच अर्को बुधबार दोस्रो लेग हुनेछ ।

टोलीका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने उनी चाँडै खेलमा फर्कने आशा गरेका छन् ।

पिएसजीका स्टार एमबाप्पेले केहि असहज महसुस गरेका छन् ।

लेन्सविरुद्धको खेल अघिको पत्रकार सम्मेलनमा पोचेटिनोले भने, उनी हाम्रो धेरै महत्वपूर्ण खेलाडी हुन् ।

हामीलाई आशा छ उनी चाँडै फर्कनेछन् ।

सिटीविरुद्ध पहिलो लेगको खेलमा एमबाप्पेको प्रदर्शन अपेक्षा अनुसार हुन सकेको थिएन ।

उनले बिर्सनलायक प्रदर्शन गर्दा टोली आक्रमणमा निकै कमजोर देखिएको थियो ।

अब दोस्रो लेगमा उनको उपस्थिति नहुँदा टोलीलाई थप घाटा पुग्ने देखिन्छ ।

लिग वानमा पिएसजी अहिले शीर्षस्थानको लिल भन्दा १ अंकले पछाडि छ ।

जारी सिजनमा अब ४ खेल बाँकी छन् ।

पिएसजी लिग वानको साविक विजेता टोली हो ।

च्याम्पियन्स लिगको फाइनल पुग्नका लागि पिएसजीले संघर्ष गर्नुपर्नेछ ।

आफ्नै मैदानमा भएको पहिलो लेगमा पिएसजी सिटीसँग २–१ ले पराजित भएको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...