YouTube Link

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित

Facebook Link

काठमाडौं: नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पार्दै सुखद सुरुवात गरेको छ ।

 

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा नेपालका लागि कुशल र आसिफले  अर्धशतकीय इनिङ्स खेलेका हुन् ।

 

कुशलले ३० बलमा ५ चौका र ४ अर्धशतको मद्दतमा डेब्यु अर्धशतक पूरा गरे । आसिफले ३६ बलमा समान ४–४ चौका र छक्काको मद्दतमा डेब्यु अर्धशतक पूरा गरे ।

 

नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

 

पहिलो विकेटको रुपमा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले १ सय १६ रनको साझेदारी गरे ।

 

कुशल र आसिफले गरेको १ सय १६ रनको साझेदारी टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक साझेदारी समेत हो ।

 

कुशलले ४६ बलमा समान ५–५ चौका र छक्का प्रहार गर्दै ६२ रन बनाए । कुशल जुलियन डे मेको गरेको १३ औं ओभरको चौथो बलमा लामो सट खेल्ने चक्करमा पिटर सिलरको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए ।

 

त्यस्तै आसिफ ५४ रनमा अविजित रहे । उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा एक छक्काको मद्दतमा १३ रन जोड्दै अविजित रहे । नेदरल्यान्ड्सका लागि जुलियन डे मेले मात्र एक विकेट लिए ।

 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

 

खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो ।

 

टिमको दोस्रो तथा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए ।

 

त्यस्तै नेदरल्यान्ड्सले दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो । आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए ।

 

त्यसपछि मैदान आएका बास डे लीडेले स्कट इड्वार्डसँगै मिलेर नेदरल्यान्ड्सको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । उनले इड्वार्डसँग ६१ रनको साझेदारी गरे ।

 

यता इड्वार्डको विकेट लिएका शाहबको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत हो । चौथो विकेटको रुपमा नेदरल्यान्ड्सले सर्वाधिक रन बनाएका बास डे लीडेलाई गुमायो । उनी १७ औं ओभरको अन्तिम बलमा ४१ रनमा पेभिलियन फर्किए ।

 

कप्तान पिटर सिलर २३ र एन्टोनिअस स्टल २० रनमा अविजित रहे । पिटरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । त्यस्तै स्टलले ९ बलमा २ चौका र १ छक्का सहित २० रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चेर २ विकेट लिएका हुन् ।

 

त्यस्तै सोमपाल कामी र शाहब आलमले एक एक विकेट लिए ।

 

अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

 

यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

 

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

 

प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...