YouTube Link

सर्वदलीय बैठकमा सभामुखमाथि प्रधानमन्त्रीको आक्रोश, एमसिसीबारे संसद्‍मा छलफल गर्न कांग्रेसको आग्रह

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन् ।

 

बैठकमा भाग लिएर बाहिरिएपछि राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सञ्चारकर्मीसँग ओलीले सभामुखले सरकारलाई कामै गर्न नदिएको गुनासो गरेको बताए ।

 

उनका अनुसार बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भन्ने सुझाव पनि मागेका थिए ।

 

आफूले राजनीतिक निकास खोजेर कोरोना नियन्त्रणलगायत महत्त्वपूर्ण काममा लाग्न सुझाव दिएको डा. लोहनीले बताए ।

 

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा एमसिसीबारेमा संसदमा छलफल गर्नुपर्ने बताएको छ ।

 

बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘बैठकमा कोरोना, रिक्त पदको उपनिर्वाचन, एमसिसीको विषयमा पास गर्नका लागि सहमति कसरी गर्ने ? अहिलेको परिस्थितिमा राष्ट्रिय सहमति गर्ने बारेमा छलफल भयो ।’

 

विवादास्पद एमसिसी कांग्रेस सरकारको पालमा सहमति भएकाले सरकारले संसदमा ल्याउनुपर्ने बताए । उनले भने, ‘एमसिसीको बारेमा पनि हामीले प्रष्ट गरेका छौँ । हाम्रो सरकारले ल्याएका हो । संसदमा छलफल गर्नुपर्छ ।’ सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनको विकल्प खोज्नका लागि सुझाव दिएको समेत बताए ।

 

रिक्त रहेको स्थानमा उपनिर्वाचन र उपसभामुखको निर्वाचन गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए । उनले भने, ‘संसदलाई सरकारले बिजनेस किन दिइएन ? राष्ट्रियसभा किन बोलाइएन ? कुर्सीभन्दा व्यवस्था जोगाउतिर ध्यान दिऔँ ? यसमाथि खेलबाड किन ? देशलाई निकास चाहिन्छ भन्ने हाम्रो हो ?’

 

ओलीलाई आफ्नो कुर्सीभन्दा व्यवस्था जोगाउनतिर लाग्नका लागि आग्रह गरेको समेत बताए ।

 

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५६० पुग्यो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...