YouTube Link

च्याम्पियन्स लिगमा पीएसजीको प्रतिद्दन्दि म्यानचेस्टर सिटी

Facebook Link

एनेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी) सन् २०१२ र १३ यता प्रत्येक सिजन च्याम्पियन्स लिगमा छनौट हुँदै आएको छ ।

गत सिजन उपाविजेता बन्यो ।

) सन् २०१२ र १३ यता प्रत्येक सिजन च्याम्पियन्स लिगमा छनौट हुँदै आएको छ ।

गत सिजन उपाविजेता बन्यो । त्यस अघिका तीन सिजन भने पीएसजी अन्तिम १६ बाटै बाहिरिएको थियो ।

सरुवा बजारमा ठूलो रकम खर्च गरेको पीएसजीले खर्च गरे अनुरुप युरोपियन क्लब फुटबलको शक्ति बनान्न सकेको छैन ।

यस पटकको च्याम्पियन्स लिगमा भने पीएसजीले राम्रो संकेत दिएको छ ।

एक पछि अर्काे प्रतिद्दन्दि बलियो कल्बलाई हराउदै ।

गत सिजन च्याम्पियन्स लिगमा पीएसजी र बायर्नको फाईनलमा भेट भएको थियो ।

उक्त फाइनलमा पीएसजी बायर्नसँग १–० ले निराश बन्यो ।

यस पटक पीएसजीले बदला लियो ।

अन्तिम आठमा डिफेन्डिङ च्याम्पियन बायर्नलाई हराउँदा पीएसजीको नेतृत्वकर्ता बने माउरिसियो पोचेटिनो ।

पीएसजी उपाधितर्फ लम्कनु कतारी लगानीकर्ताका लागि सुखद खबर हो ।

पीएसजीले च्याम्पियन्स लिग जित्नु कतारीले लगानीको प्रतिफल पाउनु हो ।

फ्रेन्च लिग वान त पीएसजीले लगातार जित्दै आइरहेकै छ ।

पीएसजी उपाधितर्फ लम्कनु कतारी लगानीकर्ताका लागि सुखद खबर हो ।

किन की पीएसजीले च्याम्पियन्स लिग जित्नु कतारीले लगानीको प्रतिफल पाउनु हो ।

फ्रेन्च लिग वान त पीएसजीले पछिल्ला सात सिजनदेखि लगातार जित्दै आइरहेकै छ नि ।

बायर्नलाई हराउनु अघि पीएसजीले अन्तिम १६ मा बार्सिलोनालाई पन्छाएको थियो ।

त्यो पनि बार्सिलोनाकै मैदानमा भएको पहिलो लेगमा चार गोल गरेर ।

बार्सिलोनाले दुबै लेगमा गरी जम्मा दुई गोल मात्रै गर्न सक्यो ।

ती गोल लियोनल मेस्सीको नाममा रहे ।

बार्सिलोनालाई समग्रमा ५-२ ले हराएर पएिसजीले बदला त लियो नै, सन्देश पनि दियो ।

यसपटक मानसिकता फरक छ भनेर । समूह चरणमा पीएसजीले युनाइटेडलाई हराएर त्यसको छनक दिइसकेको थियो ।

ठूला क्लबहरूलाई पराजित गरे पनि पीएसजी च्याम्पियन्स लिग उपाधि दाबेदार भइनसकेको दाबी छ, पोचेटिनोको ।

‘हो हामी बायर्नविरुद्धका दुबै लिग जित्न लायकका थियौँ ।

तर त्यसो भन्दैमा म आफ्नो टिमलाई च्याम्पियन्स लिग जित्न सकने टिमका रुपमा लिन्न,’ पोचेटिनाको प्रतिक्रिया थियो ।

महादेशिय प्रतियोगितामा प्रशंसा बटुलिरहे पनि घरेलु लिगमा भने पीएसजीको अवस्था सोचेअनुरुपको छैन ।

जारी फ्रेन्च लिग वानमा पीएसजी शीर्षस्थानको लिलभन्दा तीन अंकले पछि छ ।

लिगमा अब छ खेल बाँकी रहँदा पीएसजीको लगातार आठौँ पटक लिग जित्ने लक्ष्य सजिलै पुरा हुनेवाला छैन ।

यद्यपि च्याम्पियन्स लिगमा सफल भए, पीएसजीलाई घरेलु लिगको असफलताले पिरोल्ने छैन ।

किनभने च्याम्पियन्स लिग जिते नेयमार र किलियान एमबाप्पेसँग पेरिस छाड्न चिक्त बुझ्दो कारण हुनेछैन ।

कम्तिमा पीएसजी प्रशासन यही ठान्छ ।

सन् २०१७ मा पीएसजी आएका दुबै स्टारको क्लबसँगको सम्झौँता सन् २०२२ को जुनमा सकिँदैछ ।

त्यसैले दुबै फरवार्ड स्पेन जाने हल्ला चल्न बन्द भएको छैन ।

बार्सिलोनाले नेयमारलाई फर्काउन चाहेको छ भने रियल म्याड्रिड एमबाप्पेलाई खरिद गर्न चाहन्छ ।

तर पीएसजी अध्यक्ष नासेर अल खेलैफी नेयमार र एमबाप्पेले पीएसजी छाड्नु पर्ने कारण देख्दैनन् ।

‘हामीसँग च्याम्पियन्स लिग जित्न बलियो टिम छ ।

पर्याप्त स्रोत छ ।

यस्तो अवस्थामा नेयमार र एमबाप्पेले पीएसजी किन छाड्नु पर्योरु’ खेलैफीको प्रश्न छ ।

यो पनि पढ्नु होस् ।

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80-%e0%a4%af%e0%a5%81%e0%a4%87%e0%a4%8f%e0%a4%ab%e0%a4%8f/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...