YouTube Link

च्याम्पियन्स लिगमा पीएसजीको प्रतिद्दन्दि म्यानचेस्टर सिटी

Facebook Link

एनेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी) सन् २०१२ र १३ यता प्रत्येक सिजन च्याम्पियन्स लिगमा छनौट हुँदै आएको छ ।

गत सिजन उपाविजेता बन्यो ।

) सन् २०१२ र १३ यता प्रत्येक सिजन च्याम्पियन्स लिगमा छनौट हुँदै आएको छ ।

गत सिजन उपाविजेता बन्यो । त्यस अघिका तीन सिजन भने पीएसजी अन्तिम १६ बाटै बाहिरिएको थियो ।

सरुवा बजारमा ठूलो रकम खर्च गरेको पीएसजीले खर्च गरे अनुरुप युरोपियन क्लब फुटबलको शक्ति बनान्न सकेको छैन ।

यस पटकको च्याम्पियन्स लिगमा भने पीएसजीले राम्रो संकेत दिएको छ ।

एक पछि अर्काे प्रतिद्दन्दि बलियो कल्बलाई हराउदै ।

गत सिजन च्याम्पियन्स लिगमा पीएसजी र बायर्नको फाईनलमा भेट भएको थियो ।

उक्त फाइनलमा पीएसजी बायर्नसँग १–० ले निराश बन्यो ।

यस पटक पीएसजीले बदला लियो ।

अन्तिम आठमा डिफेन्डिङ च्याम्पियन बायर्नलाई हराउँदा पीएसजीको नेतृत्वकर्ता बने माउरिसियो पोचेटिनो ।

पीएसजी उपाधितर्फ लम्कनु कतारी लगानीकर्ताका लागि सुखद खबर हो ।

पीएसजीले च्याम्पियन्स लिग जित्नु कतारीले लगानीको प्रतिफल पाउनु हो ।

फ्रेन्च लिग वान त पीएसजीले लगातार जित्दै आइरहेकै छ ।

पीएसजी उपाधितर्फ लम्कनु कतारी लगानीकर्ताका लागि सुखद खबर हो ।

किन की पीएसजीले च्याम्पियन्स लिग जित्नु कतारीले लगानीको प्रतिफल पाउनु हो ।

फ्रेन्च लिग वान त पीएसजीले पछिल्ला सात सिजनदेखि लगातार जित्दै आइरहेकै छ नि ।

बायर्नलाई हराउनु अघि पीएसजीले अन्तिम १६ मा बार्सिलोनालाई पन्छाएको थियो ।

त्यो पनि बार्सिलोनाकै मैदानमा भएको पहिलो लेगमा चार गोल गरेर ।

बार्सिलोनाले दुबै लेगमा गरी जम्मा दुई गोल मात्रै गर्न सक्यो ।

ती गोल लियोनल मेस्सीको नाममा रहे ।

बार्सिलोनालाई समग्रमा ५-२ ले हराएर पएिसजीले बदला त लियो नै, सन्देश पनि दियो ।

यसपटक मानसिकता फरक छ भनेर । समूह चरणमा पीएसजीले युनाइटेडलाई हराएर त्यसको छनक दिइसकेको थियो ।

ठूला क्लबहरूलाई पराजित गरे पनि पीएसजी च्याम्पियन्स लिग उपाधि दाबेदार भइनसकेको दाबी छ, पोचेटिनोको ।

‘हो हामी बायर्नविरुद्धका दुबै लिग जित्न लायकका थियौँ ।

तर त्यसो भन्दैमा म आफ्नो टिमलाई च्याम्पियन्स लिग जित्न सकने टिमका रुपमा लिन्न,’ पोचेटिनाको प्रतिक्रिया थियो ।

महादेशिय प्रतियोगितामा प्रशंसा बटुलिरहे पनि घरेलु लिगमा भने पीएसजीको अवस्था सोचेअनुरुपको छैन ।

जारी फ्रेन्च लिग वानमा पीएसजी शीर्षस्थानको लिलभन्दा तीन अंकले पछि छ ।

लिगमा अब छ खेल बाँकी रहँदा पीएसजीको लगातार आठौँ पटक लिग जित्ने लक्ष्य सजिलै पुरा हुनेवाला छैन ।

यद्यपि च्याम्पियन्स लिगमा सफल भए, पीएसजीलाई घरेलु लिगको असफलताले पिरोल्ने छैन ।

किनभने च्याम्पियन्स लिग जिते नेयमार र किलियान एमबाप्पेसँग पेरिस छाड्न चिक्त बुझ्दो कारण हुनेछैन ।

कम्तिमा पीएसजी प्रशासन यही ठान्छ ।

सन् २०१७ मा पीएसजी आएका दुबै स्टारको क्लबसँगको सम्झौँता सन् २०२२ को जुनमा सकिँदैछ ।

त्यसैले दुबै फरवार्ड स्पेन जाने हल्ला चल्न बन्द भएको छैन ।

बार्सिलोनाले नेयमारलाई फर्काउन चाहेको छ भने रियल म्याड्रिड एमबाप्पेलाई खरिद गर्न चाहन्छ ।

तर पीएसजी अध्यक्ष नासेर अल खेलैफी नेयमार र एमबाप्पेले पीएसजी छाड्नु पर्ने कारण देख्दैनन् ।

‘हामीसँग च्याम्पियन्स लिग जित्न बलियो टिम छ ।

पर्याप्त स्रोत छ ।

यस्तो अवस्थामा नेयमार र एमबाप्पेले पीएसजी किन छाड्नु पर्योरु’ खेलैफीको प्रश्न छ ।

यो पनि पढ्नु होस् ।

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80-%e0%a4%af%e0%a5%81%e0%a4%87%e0%a4%8f%e0%a4%ab%e0%a4%8f/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...