YouTube Link

च्याम्पियन्स लिग फुटबलको फाइनलमा ईङ्लिस क्लब टोटेनहम प्रवेश

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: च्याम्पियन्स लिग फुटबलको फाइनलमा ईङ्लिस क्लब टोटेनहम प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा अजाक्सविरुद्व पुनरागमन जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनहमले फाईनल यात्रा तय गरेको हो ।

लुकास मौराले दोस्रो हाफमा ह्याट्रिक पुरा गरेपछि टोटेनहमले अविश्वसनीय नतिजा सहित उपाधि भिडन्त पक्का गरेको हो । पहिलो लेगको खेलमा १-० ले पराजित टोटेनहम बुधबार राति पहिलो हाफसम्म समेत २-० ले पछाडी परेको थियो ।

आयाक्सले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा बलियो बनाएको थियो । खेलको पाँचौ मिनेटमा कप्तान माथिस डे लिटले आयाक्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन १० मिनेट समय बाँकी छँदा हाकिम जिएकले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफ सकिँदा समग्रमा ३-० ले अगाडी रहेको आयाक्स दोस्रो हाफमा भने सम्हालिन सकेन ।

मौराले ५५ औं मिनेटमा डेले आलीको पास सदुपयोग गर्दै टोटेनहमलाई खेलमा फर्कने संकेत देखाए । त्यसको ४ मिनेटपछि नै उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरे । खेलको ५ मिनेट थप गरिएको इन्ज्युरी समयको अन्तिम मिनेटमा मौराले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई पहिलो पटक फाइनल पुर्याए ।

यस जितसँगै टोटेनहमले लिभरपुलसँग च्याम्पियन्स लिगको फाइनल पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले बार्सिलोनालाई उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४-३ ले पराजित गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...