वाणिज्य बैंकहरूले निक्षेप घटाउँदै कर्जा बढाउँदै
वि.सं.२०७७ चैत १६ सोमवार १९:१५
2.1K
shares
काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्र चलायमान हुन थालेपछि बैकिङ क्षेत्रले आफ्नो लगानी विस्तार गर्दै लगेका छन् ।
पछिल्लो समय कोभिड-१९ प्रभावित भएको अर्थतन्त्र चलायमान हुन थालेसँगै बैंकहरूमा कर्जाको माग बढ्न थालेको हो ।
वस्तुको आयात, शेयर बजार एवम् घरजग्गाको कारोबामा भएको वृद्धिले बैंकहरूमा कर्जाको माग बढेको हो ।
देशभर सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले चैत ६ गतदेखि १३ गतेसम्मको अवधिमा २७ अर्ब कर्जा प्रवाह गरेका हुन् ।
बैंकहरूले यो अवधिमा जम्मा १० अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका छन् ।
पछिल्लो समय वाणिज्य बैंकहरूले दैनिक करिब करिब ४ अर्बका दरले कर्जा विस्तार गरेका हुन् ।
चैत ६ गतदेखि १३ गतेसम्मको यो अवधिमा बैंकहरूले जम्मा २३ अर्ब कर्जा लगानी गरेका थिए ।
अघिल्लो साता र गएको सातालाई तुलना गर्दा बैंकहरूको लगानी यो साता अझ बढेको छ ।
फागुन अन्तिम साता २४ अर्ब कर्जा प्रवाह गरेको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ ।
चैत १३ गतेसम्म वाणिज्य बैकहरूको कुल कर्जा लगानी बढेर ३४ खर्ब ६२ अर्ब पुगेको छ भने निक्षेप ३८ खर्ब ५० अर्ब पुगेको छ ।
पछिल्लो समय घरजग्गा तथा शेयर बजारको कारोबार बढेको छ ।
बैंकहरूले निक्षेपको ब्याजदर कम दिएसँगै निक्षेपमा लगानीकर्ताहरूको आकर्षण बढ्न सकेको छैन ।
पछिल्लो समय विकास निर्माणको कामले गति लिने क्रम बढ्दो छ ।
ब्याज कम भएकै कारणले माघदेखि फागुन यो अवधिसम्म निक्षेप संकलनको ट्रेन हेर्ने हो भने यसमा खासै उत्साह देखिदैन ।
बैंकहरूले प्रदान गर्ने न्यून ब्याजका कारण आम निक्षेपकर्ताहरू बैंकमा पैसा राख्न उत्साहित भएका देखिदैनन् ।
निक्षेप घट्नुको प्रमुख कारण बैंकहरूले दिने न्यून ब्याजदर नै हो ।
यसका साथै कतिपयको कोभिडका कारण आयस्रोत घटेको र खर्च बढेका कारणले पनि बचत कम हुँदा निक्षेप घटेको अनुमान गरेका छन् ।
केही दिन अघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले पनि नेपालीको बचत क्षमता घटेको देखाएको छ ।
खर्च गर्ने प्रवृत्ति बढेका कारण औसतमा खर्च बढेको र बचत घटेको हो ।
कुल राष्ट्रिय बचतमा घटेर ८.९ प्रतिशत मात्रै रहेको छ ।
यो तथ्यांक नयाँ आधार वर्षको आधारमा निकालिएको तथ्यांक हो ।
सन् २०००/०१ को आधार वर्षमा कुल राष्ट्रिय बचत १८.१ प्रतिशत थियो ।
खर्च बढ्नुको प्रमुख कारण नेपालीको क्रय शक्ति क्षमतामा पनि वृद्धि हुनु हो ।
प्रति नेपालीको क्रयशक्ति क्षमता बढेर अहिले १४ सय ३० अमेरिकी डलर पुगेको छ ।
वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय
वि.सं.२०७७ चैत १६ सोमवार १९:१५



















