YouTube Link

विश्वकप २०२२ को युरोपियन छनोटमा इटाली र जर्मनी विजयी

Facebook Link

एजेन्सी: इटाली र जर्मनीले विश्वकप २०२२ को युरोपियन छनोटमा सफलता हात पारेका छन् ।

 

इटालीले बुल्गेरियालाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो ।

 

इटालीको जितमा एन्ड्रिया बेलोट्टी र म्यानुयल लोकाटेल्लीले गोल गरे ।

 

खेलको ४३औं मिनेटमा एन्ड्रिया बेलोट्टीले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

 

८२औं मिनेटमा म्यानुयल लोकाटेल्लीले लोरेन्जो इन्सिग्नेको पासमा गोल गर्दै इटालीलाई २–० को सहज जित दिलाए ।

 

यही समूह ‘सी’ को अर्को खेलमा स्वीट्जरल्यान्डले लिथुआनियालाई १–० ले पराजित गरेको छ ।

 

स्वीट्जरल्यान्डको जितमा जद्रान शाकिरीले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

 

यस नतिजापछि समान ६ अंक भएपनि गोल अन्तरमा इटाली शीर्ष र स्वीट्जरल्यान्ड दोस्रो स्थानमा रहेको छ ।

 

लिथुआनिया, नर्दन आयरल्यान्ड र बुल्गेरियाले अंकको खाता खोल्न सकेको छैन ।

 

 

यस्तै समूह ‘जे’ को खेलमा जर्मनीले रोमानियामाथि १–० को झिनो जित निकालेको छ ।

 

जर्मनीको जितमा १७औं मिनेटमा सज जिनाब्रीले गरेको गोल नै निर्णायक बन्यो ।

 

खेलमा अर्मेनियाले आइसल्यान्डलाई २–० ले तथा नर्थ म्यासेडोनियाले लिचेस्टाइनलाई ५–० ले पराजित गरेको छ ।

 

यस नजितापछि समूह ‘जे’ मा समान ६ अंक भएपनि जर्मनी शीर्ष तथा अर्मेनिया दोस्रो स्थानमा रहेको छ ।

 

समान ३ अंक भएपनि नर्थ म्यासेडोनिया र रोमानिया तेस्रो र चौथो स्थानमा रहेको छ ।

 

आइसल्यान्ड र लिचेस्टाइनले अंकको खाता खोल्न सकेको छैन ।

 

विश्वकप छनोटमा अल्वानियामाथि इंग्ल्यान्डको जित
फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा स्पेनको पुनरागमन जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...