YouTube Link

विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा सर्वियासँग पोर्चुगल बराबरीमा रोकियो

Facebook Link

एजेन्सी: पोर्चुगल कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा सर्वियासँग बराबरीमा रोकिएको छ ।

 

सर्वियाको मैदानमा भएको खेलमा पोर्चुगलका लागि दुवै गोल डिएगो जोटाले गर्दा घरेलु टोलीका एलेक्सान्डर मित्रोभिक र फिलिप कोस्टिकले बराबरी गोल फर्काए ।

 

खेलको ११औं मिनेटमा बर्नाडो सिल्भाको पासमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए ।

 

यसैबीच खेलको ३६औं मिनेटमा सेड्रिक सोराएसको पासमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रत दिलाए ।

 

पोर्चुगलले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा एलेक्सान्डर मित्रोभिकले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

 

खेलको ६०औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

 

बराबरीपछि समूह ‘ए’ मा सर्विया दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

 

समान ४ अंक भएपनि पोर्चुगल गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

 

यही समूहको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई १–० ले पराजित गरेको छ ।

 

समूहमा लक्जेमवर्गको ३ तथा पराजित आयरल्यान्ड र अजरवैजानले अंकको खाता खोल्न सकेको छैन ।

 

विश्वकप छनोटमा चेक रिपब्लिक र बेल्जियमले बराबरी खेल्दै अंक बाँडे
विश्वकप २०२२ को युरोपियन छनोटमा क्रोएसिया र नेदरल्यान्ड्सको जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...