विश्वकप २०२२ को युरोपियन छनोटमा क्रोएसिया र नेदरल्यान्ड्सको जित
वि.सं.२०७७ चैत १५ आइतवार ०८:३३
1.5K
shares
एजेन्सी: विश्वकप २०२२ को युरोपियन छनोटमा क्रोएसिया र नेदरल्यान्ड्स विजयी भएका छन् ।
क्रोएसियाको जितमा मारियो पासालिसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
उनले ४०औं मिनेटमा गोल गरेका थिए । विश्वकप छनोटमा क्रोएसियाको यो पहिलो जित हो ।
यसअघि क्रोएसिया स्लोभेनियासँग १–० ले पराजित भएको थियो ।
समूह ‘एच’ को अर्को खेलमा रसियाले स्लोभेनियालाई २–१ ले पराजित गर्दा स्लोभाकिया र माल्टाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
यस नतिजापछि समूह ‘एच’ मा रसिया २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
स्लोभेनिया र क्रोएसिया ३ अंक जोड्द्र दोस्रो र तेस्रो स्थनमा रहेको छ ।
दुई अंक जोडेको स्लोभाकिया चौथो स्थानमा रहँदा १ अंक जोडेको साइप्रस र माल्टा पाँचौ र छैटौ स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले लात्भियामाथि २–० को सहज जित निकालेको छ ।
नेदरल्यान्ड्सको जितमा स्टेभन वर्गहुइस र लुक डि जोङले गोल गरे ।
‘समूह ‘जी’ को अर्को खेलमा मोन्टेनेग्रोले जिब्राल्टारलाई ४–१ ले तथा टर्कीले नर्वेमाथि ३–० को सहज जित निकालेको छ ।
यस नतिजापछि टर्की २ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा रहँदा समान ६ अंक नै रहेपनि मोन्टेनेग्रो गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।
नेदरल्यान्ड्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नर्वेको पनि ३ अंक छ । लात्भिया र जिब्राल्टारले अंकको खाता खोल्न सकेको छैन ।
वि.सं.२०७७ चैत १५ आइतवार ०८:३३


















