म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा
वि.सं.२०७७ चैत ४ बुधवार ०८:५२
1.6K
shares
एजेन्सी: म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोल अन्तरले पराजित गर्दै सिटी अन्तिम आठमा पुगेको हो ।
जर्मन क्लबविरुद्ध सिटी समग्रमा ४-० को जितसहित अन्तिम आठमा पुगेको हो ।
पहिलो लेगमा सिटीले २-० कै जित निकालेको थियो ।
दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र इल्के गुन्डोगानले एक-एक गोल गरे ।
खेलको १२औं मिनेटमा ब्रुएन र १८औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए ।
सिटी लगातार चौंथो सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
हेर्नुहोस् तपाईको आज २०७७ चैत ४ गते बुधबारको तपाईको राशिफल
वि.सं.२०७७ चैत ४ बुधवार ०८:५२



















