इटालियन सिरी ‘ए’ मा रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको जित

वि.सं.२०७७ चैत २ सोमवार ०८:१३
1.2K
shares
एजेन्सी: क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा क्याग्लिएरीमाथि सहज जित निकालेको छ ।
गएराति भएको खेलमा रोनाल्डोले ३३औं मिनेटभित्रै ह्याट्रिक पुरा गरेपछि युभेन्टसले सहज जित हात पारेको हो ।
खेलको १०औं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
२४औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । गोलरक्षक एलेसिओ क्राग्नोले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
उक्त अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई २–० ले अघि बढाए ।
रोनाल्डोले ३३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
युभेन्टसका लागि लिगमा यो उनको दोस्रो ह्याट्रिक हो ।
रोनाल्डोले इटालियन लिगमा जारी सिजन २३ गोल गरिसकेका छन् ।
उनी लिगको सर्वाधिक गोलकर्ता सूचिको शीर्षस्थानमा छन् ।
जितसँगै युभेन्टस २६ खेलबाट ५५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।
युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग १० अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग १ अंकले पछि छ ।
पराजित क्याग्लिएरी २२ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
इंग्लिस प्रिमियर लिगमा टोटेनहममाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडको जित
पीएसजी घरेलु मैदानमा नान्टेससँग पराजित

वि.सं.२०७७ चैत २ सोमवार ०८:१३