नेपालले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल कुवेतमा खेल्ने
वि.सं.२०७७ फागुन २९ शनिवार १०:१५
2.1K
shares
काठमाडौं: फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ ।
छनोट अन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ ।
विश्वकप छनोट अन्तर्गत समूह ‘बी’का बाँकी खेल कुवेतमा हुने भएको हो ।
कोरोना भाइरसको महामारीका कारण चाइनिज ताइपेइ र अष्ट्रेलियाले नमानेपछि दशरथ रंगशालामा हुने भनिएका खेल स्थगित भएका थिए ।
छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन् ।
प्रतियोगितामा नेपालले चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । समूह ‘बी’मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अंक जोडेको छ ।
चाइनिज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ । समूह ‘बी’को शीर्ष स्थानमा अष्ट्रेलिया छ ।
वेस्ट इन्डिजलाई श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज
इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल र एस्टन भिल्लाले खेले बराबरी
स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियामाथि लेभान्टेको जित
केन्यामा कारोनाभाइरसको संक्रमण बढेपछि फेरि दुई महिना कर्फ्यू घोषणा
वि.सं.२०७७ फागुन २९ शनिवार १०:१५



















