युरोपा लिग फुटबलमा डाइनामो जाग्रेबमाथि टोटेनहमको जित
वि.सं.२०७७ फागुन २८ शुक्रवार १०:०४
2.1K
shares
एजेन्सी: टोटेनहमले युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा डाइनामो जाग्रेबमाथि जित निकालेको छ ।
गएराति भएको खेलमा टोटेनहमले जाग्रेबलाई २-० गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको जितमा ह्यारी केनले दुबै गोल गरे ।
घरेलु मैदानमा खेलको २५औं मिनेटमा केनले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७०औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।
जितसँगै टोटेनहमको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ ।
टोटेनहमले दोस्रो लेग डाइनामोको घरेलु मैदानमा खेल्नेछ ।
वि.सं.२०७७ फागुन २८ शुक्रवार १०:०४




















