Texas College
YouTube Link

युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरियो

Facebook Link

एजेन्सी: युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरेपनि युभेन्टस बाहिरिएको हो ।

अतिरिक्त समयसम्म लम्बिएको खेलमा युभेन्टसले १० खेलाडीमा सिमित पोर्टोलाई हराएको थियो ।

समग्रमा नतिजा ४-४ गोलको बराबरी हुँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । यस अघि पहिलो लेगमा पोर्टोले युभेन्टसलाई २-१ ले हराएको थियो ।

खेलको १९औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌।

तर, खेलको ४९औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई १-१ को बराबरीमा ल्याए ‌।

खेलको ५४औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटियो । उसका मेहेदि टेरेमी दुई पहेलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए

खेलको ६३औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए ।

किएजाको गोलसँगै खेल समग्रमा ३-३ को बराबरीमा पुग्यो । त्यसपछि निर्धारित समयसम्म थप गोल नहुदा खेल अतिरिक्त समयमा गयो ।

अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टो २-२ बराबरीमा ल्याए ।

त्यसपछि खेलको १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए । जितले युभेन्टसलाई क्वाटरफाइनलमा पुर्याउन भने सकेन ।

युभेन्टस लगातार दोस्रो सिजन अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ ।

 

बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...