YouTube Link

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्स पहिलो क्वालिफायरका लागि छनोट, कोलकत्ता बाहिरियो

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतमा जारी १२औं संस्करणको ईन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तरगत मुम्बई इन्डियन्स पहिलो क्वालिफायरका लागि छनोट भएको छ । लिग चरणको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले पराजित गर्दै मुम्बईले चेन्नेईसंग पहिलो क्वालिफायर खेल पक्का गरेको हो ।

१३४ रनको लक्ष्य मुम्बईले १६ दशमलव १ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ५५ रन बनाए । क्विनटन डी ककले ३० रन बनाउँदा सुर्यकुमार यादव ४६ रनमा नटआउट रहे । निर्णायक खेलमा पराजित हुँदै कोलकत्ता प्रतियोगिताबाट बाहिरिएको छ । कोलकत्ताले पराजय भोग्दा सनराइजर्स हैदरावाद प्लेअफमा छनोट भएको छ ।

कोलकत्ता र हैदरावादको समान १२ अंक भएपनि नेट रनरेटका आधारमा हैदरावाद प्लेअफमा छानिएको हो । मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कोलकत्ताले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । क्रिस लिनले ४१ र रोविन उथ्थपाले ४० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । मुम्बईका लासिङ मालिङ्गाले सर्वाधिक ३ विकेट लिए । हार्दिक पाण्डेया र जसप्रित बुम्राहाको नाममा समान २/२ विकेट रह्यो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...