YouTube Link

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्स पहिलो क्वालिफायरका लागि छनोट, कोलकत्ता बाहिरियो

Facebook Link

काठमाडौं: भारतमा जारी १२औं संस्करणको ईन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तरगत मुम्बई इन्डियन्स पहिलो क्वालिफायरका लागि छनोट भएको छ । लिग चरणको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले पराजित गर्दै मुम्बईले चेन्नेईसंग पहिलो क्वालिफायर खेल पक्का गरेको हो ।

१३४ रनको लक्ष्य मुम्बईले १६ दशमलव १ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ५५ रन बनाए । क्विनटन डी ककले ३० रन बनाउँदा सुर्यकुमार यादव ४६ रनमा नटआउट रहे । निर्णायक खेलमा पराजित हुँदै कोलकत्ता प्रतियोगिताबाट बाहिरिएको छ । कोलकत्ताले पराजय भोग्दा सनराइजर्स हैदरावाद प्लेअफमा छनोट भएको छ ।

कोलकत्ता र हैदरावादको समान १२ अंक भएपनि नेट रनरेटका आधारमा हैदरावाद प्लेअफमा छानिएको हो । मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कोलकत्ताले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । क्रिस लिनले ४१ र रोविन उथ्थपाले ४० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । मुम्बईका लासिङ मालिङ्गाले सर्वाधिक ३ विकेट लिए । हार्दिक पाण्डेया र जसप्रित बुम्राहाको नाममा समान २/२ विकेट रह्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...