भारत र बंलादेशमा फाणीका कारण अहिलेसम्म ४२ जनाको मृत्यु
वि.सं.२०७६ वैशाख २३ सोमवार ०९:०३
750
sharesएजेन्सी: फाणी आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको जनाइएको छ । भारतको उडिसाबाट शुक्रबार सुरु भएको यो आँधी प्रतिघण्टा दुई सय किलोमिटरसम्मको बेगमा चलेको थियो ।
आँधीका कारण भारतको उडिसामा १२ लाख र बंलादेशमा १६ लाख व्यक्ति अस्थायी शिविरमा बसिरहेका छन् । त्यस्तै बंलादेशमा कम्तीमा ३६ गाउँमा बाढी आएको र बाढीका परी दुई हजारभन्दा बढी घर ध्वस्त भएको जनाइएको छ । फाणीका कारण घरमा क्षति पुगेका छन् भने विद्युत् सेवा, रेल, सडक तथा हवाइ सेवामा समेत असर परेको जनाइएको छ ।
वि.सं.२०७६ वैशाख २३ सोमवार ०९:०३