YouTube Link

अखिल नेपाल फुटबल संघ एन्फाले मनायो पहिलो पटक एन्फा डे

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा दिवसको अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रममा विशेष योगदान खेलाडी पुरुष तर्फ जुमानु राईले र महिला तर्फ अनु लामाले जितेकी हुन् । दुबै विजयी खेलाडीलाई जनही १५/१५ लाख नगद सहित सम्मान गरिएको छ ।

महिला राष्ट्रिय टोलीका कप्तान समेत रहिसकेकी अनुले नेपालका लागि ३३ गोल गरेकी छिन् । उनी सशस्त्र प्रहरीको एपीएफ क्लबकी कप्तान पनि हुन् । जुमानुले पनि राष्ट्रिय टोलीका लागि खेल्दै अहिलेसम्म ९ गोल गरेका छन् । यसै वर्षबाट मनाउन सुरु गरेको एन्फा दिवसको अवसरमा आयोजित अवार्ड कार्यक्रममा अभिषेक रिजाल र मञ्जली कुमार योञ्जनले बर्षको उदयमान खेलाडीको अवार्ड प्राप्त गरेका छन् । यस्तै बर्षको उत्कृष्ट पुरुष रेफ्रीबाट लव खत्री र महिला रेफ्रीमा अस्मिता मानन्धरले अवार्ड जितेका छन् ।

बर्ष उत्कृष्ट प्रशिक्षकमा हरी खड्काले अवार्ड पाएका छन् । उनकै नेतृत्वमा नेपालले महिला साफमा फाइनल सम्मको यात्रा तय गरेको थियो । यस्तै अन्तराष्ट्रियस्तरमा खेल्ने व्यवसायिक खेलाडीको अवार्ड रोहित चन्द र किरण चेम्जोङले प्राप्त गरेका छन् । राष्ट्रिय टिमका दुई महत्वपुर्ण सदस्य रहेका रोहित र किरण अहिले विदेशी लिगमा अनुबन्धन भएका छन् ।

रोहितले इन्डोनेशियाको पर्सिजा जार्काता र किरणले माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायीक फुटबल करियर अघि बढाईरहेका छन् । यस्तै लाइफ टाईम एचीभमेन्ट अवार्डबाट भागिरथ आलेले प्राप्त गरे । भागिरथबाट प्रशिक्षित थुप्रै खेलाडीले राष्ट्रिय फुटबल टिमबाट आफुलाई स्थापित गरेका छन् । यस्तै मोरङ जिल्ला फुटबल संघले उत्कृष्ट जिल्ला संघ अवार्ड जितेको छ । मोरङ जिल्ला मै पाँचौ साफ महिला आयोजना भएको थियो । फुटबल क्लब अफ द इयर मनाङ मरस्याङदीले जितेको छ । मनाङले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेलिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...