YouTube Link

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीचको पार्टी एकताको घोषणा आज, एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’

Facebook Link

कमाठमाडौं: संघीय समाजवादी फोरम र नयाँ शक्तिबीचको पार्टी एकता घोषणा आज हुने भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ हुनेछ । डा. बाबुराम भट्टराई संघीय परिषद् र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्षता गर्ने सहमति जुटेको छ ।

सहमतिमा नयाँ शक्ति पार्टी नेपालका भट्टराई र फोरम नेपालका यादवले हस्ताक्षर गरेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले तत्कालै सरकार नछाड्ने भएपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणको घोषणासँगै यादवले तत्काल सरकारभित्रै रहेर संघर्ष गर्न रणनीति लिएको छ । फोरम र नयाँ शक्तिका नेताहरुबीच भएको सहमति अनुसार संसदको चालु अधिवेशनसम्म उपेन्द्र यादव सरकारमै रहनेछन् ।

आज घोषणा हुन लागेको समाजवादी पार्टीको घोषणा कार्यक्रमबाट नेताहरुले सरकारलाई चेतावनी दिनेछन् । उक्त मञ्चबाटै प्रधानमन्त्रीलाई दबाव दिने तयारी रहेको छ । पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ । केन्द्रीय सदस्य नयाँ शक्तिको १ सय ५१ र फोरमका दुई सय बढी हुनेछ भने संघीय परिषदमा एक हजार बढी सदस्य हुनेछन् । जिल्ला संरचना पनि दुबै पार्टीले मिलानेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०५:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

वि.सं.२०८२ असार २७ शुक्रवार १२:५०

काठमाडौं: माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम...

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

वि.सं.२०८२ असार २७ शुक्रवार १२:३६

काठमाडौं: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि...

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

वि.सं.२०८२ असार २६ बिहीवार १४:३०

काठमाडौं: गत आर्थिक वर्षको तुलनामा यस वर्ष नेपालको अर्थतन्त्र चार...

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

वि.सं.२०८२ असार २६ बिहीवार १४:११

काठमाडौं: नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले...

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...