राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान
वि.सं.२०७७ फागुन १७ सोमवार १३:३८
1.7K
shares
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गतेका लागि आह्वान गरेकी छिन् ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले २३ गते अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्वपरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ ।
सर्वोच्च अदालतले फागुन ११ गते संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।
वि.सं.२०७७ फागुन १७ सोमवार १३:३८



















