बार्सिलोनाको फराकिलो जित पुन दोस्रो स्थान कब्जा
वि.सं.२०७७ फागुन २ आइतवार ०८:५५
एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको ५–१ गोल फराकिलो जित ।
शनिबार राति भएको खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिन्काओले दुई दुई गोल गर्दा जुनियर फिर्पोले एक गोल थपेको थिए ।
अलाभेसका लागि लुइस रोइजाले एक गोल फर्काएका थिए ।
ट्रिन्काओले २९ औं मिनेटमा इराक्स मोरिवाको पासमा गोल गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थए ।
यी दुवै युवा खेलाडीले ला लिगामा डेब्यू गरिरहेका थिए ।
मेस्सीले डी बक्स बाहिरकबाट पहिलो हाफको अतिरिक्त समयमा शानदार गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रहेको थियो ।
रेलिगेसन क्षेत्रबाट मात्र २ अंक माथि रहेको अलाभेसका लागि ५७ औं मिनेटमा लुइस रोइजाले गोल गर्दै अग्रता कम गरेका थिए ।
७४ औं मिनेटमा ट्रिन्काओले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको एक मिनेटपछि मेस्सीले पनि व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
८० औं मिनेटमा जुनियर फिर्पोले टिमका लागि पाँचौं गोल गरे ।
२–२ गोल गर्ने मेस्सी र ट्रिन्काओ दुवैका लागि यो दिन निकै महत्वपूर्ण थियो ।
३३ वर्षीय मेस्सीले ५ सय ५ औं ला लिगा खेल खेल्दै थिए जुन जाभीको कीर्तिमान बराबरी हो ।
२१ वर्षीय ट्रिन्काओ सिनियर करिअरमा ला लिगामा डेब्यू गरेका हुन् ।
उनी लगातार बेन्चमा थिए र नकआउट प्रतियोगितामा खेलेका थिए ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ फागुन २ आइतवार ०८:५५