YouTube Link

इङलिस प्रिमियर लिग लिभरपुल मानसिक रुपले कमजोर

Facebook Link

एजेन्सी: इङलिस प्रिमियर लिगमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टोली मानसिक र शारीरिक रुपमा फिट नभएको बताएका छन् ।

इङलिस प्रिमियर लिगमा गएराती ब्राइटनसँग एक शून्य गोलले पराजित भएपछि क्लोपको यस्तो प्रतिकृया आएको हो ।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा लगातार दोस्रो हार बेहोरेको हो ।

एनफिल्डमा ब्राइटनलाई जीत दिलाउन एकमात्र निर्णायक गोल ५६ औं मिनेटमा स्टिभन अल्जाटेले गरेका थिए ।

क्लोपले ब्राइटन विरुद्ध खेलाडी मानसिक रुपमा थाकेको जस्तो देखिएको बताए।

ब्राइटनले राम्रो खेलेको भएपनि आफूहरुले सजिलो बनाइदिएको उनको भनाइ थियो ।

क्लोपले हारको कारण के हो भनेर खोज्न आवश्यक रहेको बताएका छन् ।

एनफिल्डमा ६८ लिग खेलमा अपराजित रहेको लिभरपुलले पछिल्लो समय भने एकपछि अर्को हार बेहोरिरहेको छ ।

अघिल्लो साता मात्र घरेलु मैदानमानै बन्र्लीसँग एक शून्यले पराजित भएको थियो ।

ब्राइटन भने लिगका पछिल्ला चार खेल यता अपराजित छ ।

उसले १३ पटकको प्रयास मा लिभरपुललाई हराएको हो ।

यसअघि सन १९८४ मा एफ ए कपमा दुइ शून्य गोलको जीत हात पारेको थियो ।

हारपछि साविक विजेता लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले पछि परेको छ ।

र सिटीले लिभरपुल भन्दा एक खेल कम खेलेको छ । सिटीको २१ खेलबाट ४७ अंक छ ।

चौथो स्थानमा झरेको लिभरपुलको २२ खेलबाट ४० अंक छ ।

उपाधि दौडमा कायमै रहने हो भने लिभरपुलले आइतबार सिटीलाई पराजित गर्नुपर्नेछ ।

गएरातीनै भएको खेलमा सिटीले भने बन्र्लीलाई दुइ शून्य गोलले पराजित गर्यो ।

सिटीको जीतमा तेस्रो मिनेटमा गाब्रिएल जेसुस र ३८ औं मिनेटमा रहिम स्र्टलिङले गोल गरेका थिए ।

लेस्टर सिटी फुलह्यामलाई दुइ शून्य गोलले हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%ab%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%aa-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%aa/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...