YouTube Link

एन्फामा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट हुन सकेन्

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ(एन्फा)मा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।

विभिन्न व्यक्ति, संस्था तथा जिल्ला फुटबल संघले समय–समयमा विभिन्न शीर्षकमा लिएको पेश्की फछ्र्यौट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७६/ ०७७ को असार मसान्त सम्ममा फछ्र्यौट हुन बाँकी पेश्की रकम ४ करोड ८९ लाख ७ हजार ५ सय ७२ रहेको छ ।

विश्व फुटबलको संस्था फिफा, एसियन फुटबल फेडेरेसन (एएफसी) र नेपाल सरकारको अनुदानबाट चल्ने एन्फाको खाताबाट विभिन्न शीर्षकमा  पेश्की लिने व्यक्तिले इमान्दारिता नदेखाइ दिँदा फछ्र्यौट नगरेको एन्फा स्रोत बताउँछ ।

पेश्की रकम सबैभन्दा बढी फिफाको खाताबाट लिइएको छ ।

फिफाको खाताबाट २ करोड ६० लाख २७ हजार ३० रुपैया लिएको छ ।

एन्फाको खाताबाट १ करोड ४६ लाख २४ हजार ५ सय ८ रुपैया छ ।

यस्तै एएफसीको खाताबाट ८२ लाख ५६ हजार ३४ रुपैया छ ।

एन्फाबाट पेश्की लिएर फछ्र्यौट नगर्नेमा पूर्व फुटबलर, एन्फा पदाधिकारी, जिल्ला संघ तथा विभिन्न संस्थाहरु रहेका छन् ।

एन्फाको अडिट रिर्पोटमा ५ लाख भन्दा बढी पेश्की लिनेको छुट्टै सूची बनाइएको छ ।

जसमा एन्फाका पदाधिकारी देखि जिल्ला संघहरु छन् ।

पेश्की लिने कति व्यक्तिहरु मृत्युवरण समेत भैसकेका छन् ।

तर, पनि उनीहरको नाममा एन्फाको पेश्की बाँकी छ ।

एन्फाका पूर्वकार्यवहाक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ र पूर्वमहासचिव स्वर्गीय लोकबहादुर शाहीको नाममा पनि पेश्की फछ्र्यौट बाँकी छ ।

एन्फाका पदाधिकारी र जिल्ला संघहरुले विभिन्न कार्यक्रममा लिएको बजेट फछ्र्यौट नगर्दा समस्या भएको एन्फा स्रोत बताउँछ ।

पेश्की फछ्र्यौट गराउनै समस्या: एन्फा स्रोत

जिल्ला संघ र स्वर्गीय भइसकेका व्यक्तिहरुको नाममा रहेको पेश्की फछ्र्यौट गर्न समस्या भएको एन्फा स्रोतले बताएको छ ।

फछ्र्यौटलाई प्राथमिकता दिएका छौं ।

कतिपय जिल्ला संघ भनेर मात्रै तोक्ता अहिले त्यसमा संघ मात्रै भएको छ ।

त्यतिबेलाका पदाधिकारी अहिले परिवर्तन भइसकेका छन्, ’ एन्फा स्रोतले भन्यो, ।

‘कति व्याक्तिहरु मृत्युवरण भैसकेका छन् ।

त्यस्तो अवस्थामा कसरी फछ्र्यौट गराउने ।’

जिल्ला संघमा कार्यसमिति परिवर्तन भएपछि  नयाँ कार्यसमितिले जिम्मा नलिइ दिँदा समस्या भइरहेको एन्फा स्रोतले बताएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%aa%e0%a4%be-%e0%a4%a1%e0%a5%87%e0%a4%b2-%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...