Health Ad
YouTube Link

मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि, नेपाल लगातार दोस्रो पटक च्याम्पियन

Khanepani Dhal
Facebook Link

काठमाडौं: एसिसी यु–१६ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मलेसियामा भएको फाइनल खेलमा घरेलु टोली मलेसियलाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो । गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३४ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटियो ।

मलेसियाको लागि वान महमद अजमले सर्वाधिक १६ रन बनाए । यस्तै महमद हाजिक आइमनले १८ र जिनेन्द्र मुरालेले १४ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपाली बलर सामु मलेसियाका खेलाडीहरु खुलेर खेल्न सकेनन् । मलेसियालाई सस्तैमा रोक्न नेपालका बिशाल कुमार पटेलले ४ विकेट हात पारे भने दीपक बिहोराले ३ विकेट हात पारे ।

 

 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन, निखिल कुमार सिंहले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतियोगितामा नेपालका कप्तान विशाल विक्रम केसी म्यान अफ दि सिरिज घोषित भए । यस्तै फाइनल खेलको म्यान अफ दि म्याच नेपालका दीपक बोहरा भए । बेस्ट ब्याट्सम्यान सिंगापुरका गिरिन राहुल गुने तथा बेस्ट बलर मलेसियाका सचिनु हेतिज घोषित भए ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...