YouTube Link

पल्सर स्पोर्टस अवार्डको प्रत्यक्ष प्रशारण ४ टेलिभिजनमा हेर्न पाइने

Facebook Link

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ ।

कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको पल्सर स्पोर्ट्स अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटीभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टीभी एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको हो ।

साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ ।

यस्तै त्रिपुरेश्वरस्थिति वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ ।

कार्यक्रमका निम्तालुहरु भने जुममार्फत जोडिनेछन् ।

कोभिड-१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुनेछ ।

भर्चुअल रूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुने अध्यक्ष दुर्गानाथ सुवेदीले विज्ञप्तिमार्फत जनाएका छन् ।

अवार्ड भोलि (मंगलबार) ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ ।

अवार्ड कार्यक्रम अपराह्न साढे ४ बजे सुरु हुनेछ । कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ ।

यो पनि पढ्नु होस्

एफए कपमा टोटेनह्यामको सानदार जित

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...