एफए कपमा टोटेनह्यामको सानदार जित
वि.सं.२०७७ पुस २७ सोमवार ११:२१
1.6K
shares
काठमाडौं :गए राति एफए कप अन्तर्गत भएको खेलमा इंग्लिस क्लब टोटेनह्यामले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनह्यामले मारिनलाई ५–० गोलले पराजित गरेको हो ।
उक्त खेलको २४औं मिनेटमा टोटेनह्यामका कार्लोस भिनिसियसले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ३०औं मिनेटमा भिनिसियसले नै अर्को गोल गरे ।
त्यसपछि खेलको ३२औं मिनेटमा लुकास मोउराले गोल गरे ।
त्यसपछि खेलको ३७औं मिनेटमा भिनिसियसले अर्को गोल गरी ह्याट्रिक पुरा गरे ।
त्यसपछि खेलको ६०औं मिनेटमा अल्फी डिभाइनले गोल गरे ।
जितसँगै टोटेनह्याम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ पुस २७ सोमवार ११:२१




















