YouTube Link

नेपालले कतारको शीर्ष डिभिजन क्लबहरुसँग मैत्रिपूर्ण खेल खेल्ने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले फेब्रुअरी अन्तिममा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।

कतारको शीर्ष डिभिजन क्लबहरुसँग मैत्रिपूर्ण खेलको तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जानकारी दिएको छ ।

नेपालले क्लबका लागि प्रस्ताव गरेको छ तर, कुन क्लबसँग खेल्ने भन्ने भने केही दिनमा टुङ्गो लाग्नेछ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका लागि अहिले नेपाली टोली बन्द प्रशिक्षणमा व्यस्त छ ।

अभ्यासमा व्यस्त नेपाली टोलीले विश्वकप छनोटको छैठौं खेल मार्च २५ चाइनिज ताइपेइसँग खेल्नेछ भने त्यसको ५ दिन पछाडि अर्थात् ३० मार्चमा अस्ट्रेलियाको सामना गर्नेछ ।

विश्वकप छनोटको अभ्यासमा रहेको नेपाली टोलीमा अहिले ४४ जना खेलाडी छन् ।

सुरुमा ५८ जना बोलाइए पनि पहिलो चरणको छनोटबाट १४ जना खेलाडीलाई बिदा गरेसँगै अहिले ४४ जना बाँकी छन् ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएसँग कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी बाल गोपाल महर्जनले पाएका छन् ।

उनकै नेतृत्वमा टोलीले अभ्यास गरिरहेको छ ।

यसअघि कार्तिकमा नेपालले महर्जनकै नेतृत्वमा बंगलादेशसँग २ मैत्रिपूर्ण खेल खेलेको थियो ।

जसमा एक खेलमा २–० गोलको हार व्येहोरेको थियो भने अर्को खेलमा गोलरहित बराबरी खेलेको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ab%e0%a5%82%e0%a4%9f%e0%a4%ac%e0%a4%b2-%e0%a4%9f/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...