YouTube Link

राष्ट्रिय क्रिकेट टिमका सन्दीप होबार्टको लागि खेल्न उत्साहित

Facebook Link

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अष्ट्रेलियामा भइरेको बिग बास लिग (बीबीएल) मा होबार्ट हुरिकेन्सको लागि खेल्न उत्साहित छन् ।

यसअघिका दुई सिजन लगातार मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट खेल्ने लागेका हुन् ।

ढिलो अष्ट्रेलिया गएका र त्यहाँको सरकारी नियमअनुसार १४ दिनको अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकोले सन्दीपले होबार्टको सुरुवाती ६ खेल गुमाएका थिए ।

नयाँ वर्ष २०२१ को बगमनसंगै सन्दीपले अब होबार्टका लागि खेल्ने लगभग पक्का छ ।

डिसेम्बर १६ मा अष्ट्रेलिया पुगेका सन्दीपले १४ दिनको क्वारेन्टिन सकाइसकेका छन् ।

सन्दीपले १४ दिनको क्वारेन्टिन सकाएको र टिममा जोइन भएको होबार्टले जनाएको छ ।

अब सन्दीपले २०२१ जनवरीमा २ मा होबार्टका लागि आफ्नो पहिलो खेल खेल्ने सम्भावना बढेको छ ।

संयोगवस सन्दीपले आफ्नै पूर्व टिम मेलवर्न स्टार्स विरुद्ध खेल्दै बीबीएलमा होबार्टका लागि डेब्यु गर्नेछन् ।

गत सिजन सन्दीपसँगै मेलवर्न स्टार्मा खेलेका पिटरह्याण्ड्सकम्ब अहिले होबार्टको कप्ताद्दी गरिरहेका छन् ।

होबार्टले स्टार्सविरुद्ध खेल्नका लागि घोषणा गरेको १७ सदस्यीय टोलीमा सन्दीप लामिछाने समावेश छन् ।

वेष्टइन्डिजका किमो पउलको स्थानमा सन्दीपलाई राखिएको होबार्टले जनाएको छ ।

यस सिजनदेखि बीबीएलमा एक खेलमा तीन जनासम्म विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ ।

होबार्टले स्टार्स विरुद्ध खेल्ने टिमको लिस्ट सामाजिक सञ्जालमा राख्दै टिममा एक जना नयाँ नाम आएको जनाएको छ ।

त्यो नाम अरु कोही नभएर सन्दीप नै भएको प्रष्ट बुझ्न सकिन्छ ।

सन्दीपले पनि क्वारेन्टिन समय सकाएपछि बिहीबार ट्वीट गर्दै होबार्टको लागि पहिलो खेल खेल्न आफू तयार भएको जनाएका छन् ।

नयाँ टिमको सदस्य हुन प्रतिक्षारत रहेको जनाएका छन् ।

यस सिजन ६ खेल खेलिसकेको होबार्टले ४ जित र २ हारपछि १५ अंक जोडेको छ ।

दोस्रो स्थानको सिड्नी थण्डर समान १५ अंक भएपनि होबार्ट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a4%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...