YouTube Link

स्कटल्याण्डका कोट्जर बने दशककै उत्कृष्ट एसोसिएट खेलाडी

Facebook Link

काठमाडौं : स्कटल्याण्डका क्रिकेटर कायल कोट्जरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) दशककै उत्कृष्ट एसोसिएट खेलाडीको अवार्ड जितेका छन् ।नेपाली टिमका निवर्तमान कप्तान पारस खड्कासहित ५ खेलाडीलाई पछि पार्दै कोट्जरले उक्त अवार्ड जितेका हुन् ।

 

कोट्जर र पारस संगै स्कटल्याण्डकै कलुम म्याकलोएड र रिची बेरिंगटन, पपुवा न्यु गिनीका असद भाला तथा नेदरल्याण्ड्सका पिटर बोरेन यस विधामा मनोनयनमा परेका थिए ।

 

कोट्जरले एक दशकमा ४५।५४ को औसतले ओडीआईमा २ हजार २७७ रन बनाएका छन् । ३६ वर्षीय कोट्जरले स्कटल्याण्डका लागि ५९ ओडीआईमा ४३।८० को औसतले ४ शतक र १७ अर्धशतक प्रहार गर्दै २,४०९ रन बनाएका छन् । यस्तै ५८ टी २० अन्तर्राष्ट्रियमा उनले २५।६६ को औसतले ६ अर्धशतक प्रहार गर्दै १,३८६ रन बनाएका छन् । कोट्जरले २००८ मा स्कटल्याण्डबाट इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए ।

 

आईसीसीले घोषणा गरेको एसोसिएट राष्ट्रको उत्कृष्ट महिला खेलाडीको अवार्ड पनि स्कटल्याण्डकै काथ्रिन ब्रिसले जितेकी छिन् ।
यस्तै आईसीसीले दशकको टेष्ट, ओडीआई र टी २० टिम पनि घोषणा गरेको छ ।

 

दशकको टेष्ट टिममा इंग्ल्याण्डका एलेस्टर कुक, बेन स्टोक्स, स्टुअर्ड बोर्ड र जेम्स एण्डरसन, अष्ट्रेलियाका डेभिड वार्नर र स्टिभ स्मिथ,भारतका विराट कोहली र रविचन्द्रन आश्विन, श्रीलंकाका कुमार सांगाकारा, न्युजिल्याण्डका केन विलियम्सन र दक्षिण अफ्रिकाका डेल स्टेन छन् ।

 

दशकको ओडीआई टिममा भारतका रोहित शर्मा, विराट कोहली र महेन्द्र सिंह धोनी, अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल स्टार्क, दक्षिण अफ्रीकाका ए बि डी भिल्लियर्स र इमरान ताहिर, बंगलादेशका शाकिब अल हसन, इंग्ल्यान्डका बेन स्टोक्स, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट तथा श्रीलंकाका लासिथ मालिंगा परेका छन् ।

 

यस्तै दशकको टी २० टिममा पनि भारतका रोहित शर्मा, विराट कोहली र महेन्द्र सिंह धोनी अटाएका छन् । यस्तै भारतका जसप्रित बुमराह, अस्ट्रेलियाका आरोन फिन्च र ग्लेन म्याक्सवेल, दक्षिण अफ्रिकाका एबी डी भिल्लियर्स, वेस्ट इन्डिजका क्रिस गेल र किरोन पोलार्ड, अफगानिस्तानका रासिद खान र श्रीलंकाका लासिथ मलिंगा रहेका छन् ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a5%80-%e0%a4%a5%e0%a4%aa-%e0%a4%9b%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ac%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...