स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडको जित
वि.सं.२०७७ पुस ८ बुधवार ०९:१८
1.6K
shares
एजेन्सीः स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले तीन अंकको अग्रता कायम गरेको छ ।
लिग अन्तर्गत गएराति भएको खेलमा खेलमा रियल सोसिडाडलाई २–० ले पराजित गरेर अग्रता कायम गरेको हो ।
अवे मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन हेर्मोसोले ४९औँ तथा लोरेन्तेले ७४औँ मिनेटमा गोल गरे ।
जितपछि शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिड भन्दा तीन अंकले अघि रहेको छ ।
वि.सं.२०७७ पुस ८ बुधवार ०९:१८




















