इटालियन सिरी ए फुटबलमा युभेन्टस पराजित
वि.सं.२०७७ पुस ८ बुधवार ०९:१३
1.4K
shares
एजेन्सीः इटालियन सिरी ए फुटबलमा युभेन्टस पराजित भएको छ ।
लिग अन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा १८औँ मिनेटमा युभेन्टसका खेलाडी ख्वान कुआड्राडो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।
त्यसअघि नै तेस्रो मिनेटमा भ्लाहोविधले फियोरेन्टिनाका लागि गोल गरेका थिए ।
खेलको ७६औँ मिनेटमा युभेन्टसका लोबो सिल्भाले आत्मघाति गोल गरे ।
८१औँ मिनेटमा कासेरिसले गोल गरेपछि फियोरेन्टिना ३–० ले विजयी भयो ।
हारपछि १३ खेलबाट २४ अंक भएको युभेन्टस चौथो स्थानमा झरेको छ ।
१४ खेलबाट १४ अंकसहित फियोरेन्टिना १५ औँ स्थानमा झरेको छ ।
वि.सं.२०७७ पुस ८ बुधवार ०९:१३




















