YouTube Link

करातेका मन्डेकाजी श्रेष्ठ सहित ७ खेलाडी पुरस्कृत

Facebook Link

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले करातेका मन्डेकाजी श्रेष्ठ सहित १४ जनालाई खेलाडी प्रतिभा पुरस्कारबाट मंगलबार नगदसहित सम्मान गरेको छ । ७ खेलाडीमा १ बाहेक सबै गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

सोही अवसरमा २ प्रशिक्षक तथा समान १-१ निर्णायक, चिकित्सक र खेल संघलाई पनि नगदसहित सम्मान गरियो । २ प्रायोजक पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मानित भए ।

 

शारीरिक सुगठनका समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ समान ६६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित सम्मानित भए । समिरले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा रजत तथा नेपालमा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । विकासले ८९ केजी तथा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।

समान १-१ लाख नगदसहित सम्मानित हुनेमा गोल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य छन् । १३ औं सागमा डाउनहिल स्पर्धाकी स्वर्ण विजेता लक्ष्मी बाहेक तीनै खेलाडी १३औं सागका दोहोरो स्वर्ण विजेता हुन् । मन्डे, आयशा र सुवासले व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका थिए ।

 

प्रशिक्षकमा करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ पुरस्कृत भए । दुवै १३ सागमा प्रशिक्षकको भूमिका थिए । १३ औं सागमा करातेले १० स्वर्ण, ४ रजत ५ कांस्य तथा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । दुवैलाई समान ५०(५० हजार नगद प्रदान गरियो । निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकमा डा। ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय खेल संघमा नेपाल गोल्फ संघ सम्मानित भए । तीनैलाई समान १-१ लाख नगद दिइयो ।

प्रायोजकमा कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई प्रशंसा पत्रबाट सम्मान गरियो । कतार एयरवेजले शहीद स्मारिक ए डिभिजन फुटबल लिग प्रायोजन गरेको थियो । काठमाडौं महानगरले महानगर भित्रका ए डिभिजन फुटबल क्लबका साथै एन्फाले आयोजना गरेको विद्यालय फुटबल प्रतियोगितालाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले उनीहरुलाई खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b2%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a4%be-%e0%a4%af%e0%a5%81/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...