YouTube Link

करातेका मन्डेकाजी श्रेष्ठ सहित ७ खेलाडी पुरस्कृत

Facebook Link

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले करातेका मन्डेकाजी श्रेष्ठ सहित १४ जनालाई खेलाडी प्रतिभा पुरस्कारबाट मंगलबार नगदसहित सम्मान गरेको छ । ७ खेलाडीमा १ बाहेक सबै गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

सोही अवसरमा २ प्रशिक्षक तथा समान १-१ निर्णायक, चिकित्सक र खेल संघलाई पनि नगदसहित सम्मान गरियो । २ प्रायोजक पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मानित भए ।

 

शारीरिक सुगठनका समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ समान ६६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित सम्मानित भए । समिरले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा रजत तथा नेपालमा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । विकासले ८९ केजी तथा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।

समान १-१ लाख नगदसहित सम्मानित हुनेमा गोल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य छन् । १३ औं सागमा डाउनहिल स्पर्धाकी स्वर्ण विजेता लक्ष्मी बाहेक तीनै खेलाडी १३औं सागका दोहोरो स्वर्ण विजेता हुन् । मन्डे, आयशा र सुवासले व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका थिए ।

 

प्रशिक्षकमा करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ पुरस्कृत भए । दुवै १३ सागमा प्रशिक्षकको भूमिका थिए । १३ औं सागमा करातेले १० स्वर्ण, ४ रजत ५ कांस्य तथा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । दुवैलाई समान ५०(५० हजार नगद प्रदान गरियो । निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकमा डा। ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय खेल संघमा नेपाल गोल्फ संघ सम्मानित भए । तीनैलाई समान १-१ लाख नगद दिइयो ।

प्रायोजकमा कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई प्रशंसा पत्रबाट सम्मान गरियो । कतार एयरवेजले शहीद स्मारिक ए डिभिजन फुटबल लिग प्रायोजन गरेको थियो । काठमाडौं महानगरले महानगर भित्रका ए डिभिजन फुटबल क्लबका साथै एन्फाले आयोजना गरेको विद्यालय फुटबल प्रतियोगितालाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले उनीहरुलाई खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b2%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a4%be-%e0%a4%af%e0%a5%81/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...