Health Ad
YouTube Link

युभेन्ट्सलाई लगातार आठौं पटक इटालियन सिरी ‘ए’ फुटबलको उपाधि

Khanepani Dhal
Facebook Link

एजेन्सी: युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लगातार आठौं पटक उपाधि जितेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।

युभेन्ट्सको जितमा एलेक्स सान्ड्रोले एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोलको उपहार पाएको थियो । फियोरेन्टिनाका निकोला मिलेनकोभिकले गोल गर्दा जर्मन पिजेल्लाले आत्मघाती गोल गरे । खेलमा सुरुवाती अग्रता भने फियोरेन्टिनाले बनाएको थियो । मिलेनकोभिकले खेलको छैटौं मिनेटमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।

खेलको ३७ औं मिनेटमा सान्ड्रोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८३ औं मिनेटमा जर्मनले आत्मघाती गोल गर्दा युभेन्ट्सले २-१ को जित निकाल्यो । योसंगै युभेन्ट्सले लगातार आठ सिजन सिरी ‘ए’ को उपाधि जितेर कीर्तिमान बनाएको छ । लिगको केहि खेल बाँकी रहदै उपाधि जित्ने क्रममा युभेन्ट्सले ३३ खेलबाट ८७ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको नेपोली २० अंकले अघि रहेको छ । समग्रमा युभेन्ट्सको यो ३५ औं लिग उपाधि हो ।।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...