YouTube Link

युभेन्ट्सलाई लगातार आठौं पटक इटालियन सिरी ‘ए’ फुटबलको उपाधि

Facebook Link

एजेन्सी: युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लगातार आठौं पटक उपाधि जितेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।

युभेन्ट्सको जितमा एलेक्स सान्ड्रोले एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोलको उपहार पाएको थियो । फियोरेन्टिनाका निकोला मिलेनकोभिकले गोल गर्दा जर्मन पिजेल्लाले आत्मघाती गोल गरे । खेलमा सुरुवाती अग्रता भने फियोरेन्टिनाले बनाएको थियो । मिलेनकोभिकले खेलको छैटौं मिनेटमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।

खेलको ३७ औं मिनेटमा सान्ड्रोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८३ औं मिनेटमा जर्मनले आत्मघाती गोल गर्दा युभेन्ट्सले २-१ को जित निकाल्यो । योसंगै युभेन्ट्सले लगातार आठ सिजन सिरी ‘ए’ को उपाधि जितेर कीर्तिमान बनाएको छ । लिगको केहि खेल बाँकी रहदै उपाधि जित्ने क्रममा युभेन्ट्सले ३३ खेलबाट ८७ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको नेपोली २० अंकले अघि रहेको छ । समग्रमा युभेन्ट्सको यो ३५ औं लिग उपाधि हो ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...