YouTube Link

जर्मनीको पोष्टमा ६ गोल गर्दै स्पेन सेमिफाइनलमा

Facebook Link

काठमाडौं: फेरान टोरेसले करियरको पहिलो ह्याट्रिक गरेपछि स्पेनले नेसन्स लिगमा जर्मनीलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

सेमिफाइनल पुग्न जित्नै पर्ने खेलमा स्पेनले शानदार जित हात पारेको हो । जितपछि समूह ए चारणबाट स्पेन सेमिफाइनलमा प्रवेश गरेको ।

६ खेलबाट स्पेनले ११ अंक जोड्दा जर्मनी ९ अंक जोड्यो ।

अन्तिम खेलमा जर्मनीलाई बराबरी नै पर्याप्त थियो तर फराकिलो हारपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।

स्पेनका लागि फेरान टोरेसले खेलको ३३औं ५५औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यस्तै अल्भारो मोराटा, रोड्री र मिकेल ओयाजबालले एक–एक गोल गरे । यसै समूहको स्वीट्जरल्याण्ड र युक्रेनबीचको खेल रद्द भएको छ ।

फ्रान्स र पोर्चुगल पनि आ–आफ्नो खेलमा विजयी

यसैगरी समूह ए तीन अन्तर्गत अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगल विजयी भएका छन ।

यसअघि नै समूह विजेता बनिसकेको फ्रान्सले स्वीडेनलाई ४–२ ले हराययो ।

जितपछि फ्रान्स १६ अंक जोड्दै समूह विजेता बन्दा स्वीडेन रेलिगेसनमा परेको छ ।

खेलमा स्वीडेनले पहिले अग्रता लिएपनि ओलिभर जिरुडले दुई गोल गरेपछि पुनरागमन गर्यो ।

भिक्टोर क्लासेनले खेलको चौथो मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए ।

१६औं मिनेटमा जिरुडले फ्रान्सका लागि बराबरी गोल फर्काए ।

३६औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

जिरुडले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३–१ को अग्रता बनायो ।

८८औं मिनेटमा स्वीडेनका रोविन क्वाइसनले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरेपनि ढिला भयो ।

फ्रान्सका लागि किंगसले कोमनले इन्ज्युरी टाइममा गोल गर्दै ४–२ को जित दिलाए ।

उता रुवेन डियासले दुई गोल गरेपछि पोर्चुगलले १० खेलाडीमा रहेर खेलको अन्तय गरेको क्रोएसिया विरुद्घ ३–२ को पुनरागमन जित हात पारेको छ ।

पोर्चुगलका लागि जाओ फेलिकसले एक गोल गरे । क्रोएसियाका लागि दुवै गोल माटियो कोभासिसले गरे ।

५१औं मिनेटमा क्रोएसियाका मार्काे रोग रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...