इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमको जित
वि.सं.२०७७ कात्तिक २४ सोमवार ०७:४२
1.4K
shares
एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
गएराती भएको खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको महत्वपूर्ण जितमा ह्यारी केनले ८८औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
टोटेनहमले ८ खेलमा १७ अंक जोडेको छ । र, साउथह्याम्पटनलाई १ अंकले पछि पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो ।
वि.सं.२०७७ कात्तिक २४ सोमवार ०७:४२




















