YouTube Link

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने

World Cup 2026
Facebook Link

काठमाडौं: बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने भएको छ ।

नेपाली टोली बंगलादेशसंग दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको तयारीमा छ ।

मैत्रीपूर्ण तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार खेलाडीहरुलाई उपस्थितीको समय दिएको छ ।

नेपाली टोलीका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार अनुसार प्रशिक्षणको तयारीमा रहेको एन्फाले बुधबार १२ बजेसम्ममा यसअघि राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाईएका सबै खेलाडीलाइ बोलाएको छ ।

बन्द प्रशिक्षणमा यसअघि विश्वकप २०२२ तथा एसिया कप छनोट अन्र्तगत दोस्रो चरणको घरेलु खेलका लागि एन्फाले ३४ खेलाडीलाई बोलाएको थियो ।

एन्फा स्रोतका अनुसार तीनै खेलाडीहरु मैत्रीपूर्ण खेलका लागि बंगलादेश जानेछन् ।

यसअघि विश्वकप छनोटको बन्द प्रशिक्षणका लागि बोलाइएका सबै खेलाडीलाईनै बुधबार १२ बजेसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यालयमा आउन भनिएको हो ।

यसअघि एन्फाले भदौ १ गतेदेखि राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने योजना बनाएको थियो, तर कोरोना महामारीका कारण सुरु नहुँदै अभ्यास रोकिएपछि खेलाडीहरु पनि घर फर्किएका थिए ।

साउनमा एन्फाले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि हुन काठमाण्डौं बोलाएको थियो भने पीसीआर परिक्षणसमेत भइसकेको थियो । पीसीआर परिक्षण लगायतका सबै तयारी भए पनि सरकारले दोस्रो चरणको लकडाउन घोषणा गरेपछि अभ्यास सुरु हुन सकेको थिएन ।

नेपालले बंगालदेशसँग पहिलो अन्तर्राष्ट्रि मैत्रीपूर्ण खेल कात्तिक २८ गते खेल्ने छ । त्यस्तै दोस्रो खेल मंसिर २ गते खेल्ने तय भएको छ । नेपाली टोली कार्तिक २८ भन्दा एकसाता अघि बंगलादेश पुग्नेछ । नेपाली टोलीले दुवै खेल बंगबन्धु स्टेडियममा खेल्नेछ ।

कारोना भाइरसको महामारीपछि नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...