YouTube Link

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने

Facebook Link

काठमाडौं: बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने भएको छ ।

नेपाली टोली बंगलादेशसंग दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको तयारीमा छ ।

मैत्रीपूर्ण तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार खेलाडीहरुलाई उपस्थितीको समय दिएको छ ।

नेपाली टोलीका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार अनुसार प्रशिक्षणको तयारीमा रहेको एन्फाले बुधबार १२ बजेसम्ममा यसअघि राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाईएका सबै खेलाडीलाइ बोलाएको छ ।

बन्द प्रशिक्षणमा यसअघि विश्वकप २०२२ तथा एसिया कप छनोट अन्र्तगत दोस्रो चरणको घरेलु खेलका लागि एन्फाले ३४ खेलाडीलाई बोलाएको थियो ।

एन्फा स्रोतका अनुसार तीनै खेलाडीहरु मैत्रीपूर्ण खेलका लागि बंगलादेश जानेछन् ।

यसअघि विश्वकप छनोटको बन्द प्रशिक्षणका लागि बोलाइएका सबै खेलाडीलाईनै बुधबार १२ बजेसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यालयमा आउन भनिएको हो ।

यसअघि एन्फाले भदौ १ गतेदेखि राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने योजना बनाएको थियो, तर कोरोना महामारीका कारण सुरु नहुँदै अभ्यास रोकिएपछि खेलाडीहरु पनि घर फर्किएका थिए ।

साउनमा एन्फाले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि हुन काठमाण्डौं बोलाएको थियो भने पीसीआर परिक्षणसमेत भइसकेको थियो । पीसीआर परिक्षण लगायतका सबै तयारी भए पनि सरकारले दोस्रो चरणको लकडाउन घोषणा गरेपछि अभ्यास सुरु हुन सकेको थिएन ।

नेपालले बंगालदेशसँग पहिलो अन्तर्राष्ट्रि मैत्रीपूर्ण खेल कात्तिक २८ गते खेल्ने छ । त्यस्तै दोस्रो खेल मंसिर २ गते खेल्ने तय भएको छ । नेपाली टोली कार्तिक २८ भन्दा एकसाता अघि बंगलादेश पुग्नेछ । नेपाली टोलीले दुवै खेल बंगबन्धु स्टेडियममा खेल्नेछ ।

कारोना भाइरसको महामारीपछि नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...