नेसन्स लिग फुटबलमा बोस्निया हर्जगोभिनामाथि पोल्याण्डको सहज जित
वि.सं.२०७७ असोज २९ बिहीवार ०९:१५
1.6K
shares
एजेन्सीः पोल्याण्डले नेसन्स लिग फुटबलमा सहज जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा लेवान्डोस्की प्रेरित पोल्याण्डले बोस्निया हर्जगोभिनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
इटाली र नेदरल्याण्ड रहेको समूहमा पोल्याण्ड ७ अंक सहित शीर्ष स्थानमा उक्लियो ।
खेलको सुरुवातमै अनल अहमदजिकले रातो कार्ड खादै मैदान बाहिरिएपछि बोस्निया १० खेलाडीमा सिमित बनेको थियो ।
लेवान्डोस्कीले ४० औं मिनेटमा पोल्याण्डलाई अघि बढाएका थिए । कारोल लिनिसीले ४५ औं मिनेटमा पोल्याण्डको अग्रता दोब्बर बनाए ।
लेवान्डोस्कीले ५२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोल्याण्डलाई ३–० को जित दिलाए ।
सोही समूहको अर्को खेलमा इटाली र नेदरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा अग्रता इटालीले १६ औं मिनेटमा लोरेन्जो पेलेग्रिनीको गोलबाट लिएको थियो ।
समूह ए वानमा इटाली ६ अंक सहित दोस्रो र नेदरल्याण्ड ५ अंक सहित तेस्रो स्थानमा छ । पोल्याण्ड ७ अंक सहित शीर्ष स्थानमा रहदाँ बोस्निया हर्जगोभिना २ अंक सहित तालिकाको पुछारमा छ ।
वि.सं.२०७७ असोज २९ बिहीवार ०९:१५


















