Health Ad
YouTube Link

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदरावाद ४० रनले पराजित

Khanepani Dhal
Facebook Link

काठमाडौं: मुम्बई इण्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । शनिबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो ।

राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको एक सय ३७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावाद १७ ओभर ४ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो । मुम्बईका बलर चम्किदा हैदरावादका लागि दिपक होडाले सर्वाधिक २० रन जोडे । यस्तै जोनी बैयर्सट्रो र मनिस पाण्डेले समान १६/१६ रन जोड्दा डेभिड वार्नरले १५ रन बनाए । हैदरावादलाई सस्तैमा समेट्न आईपीएलका डेब्यु खेलाडी अल्जारी साहीम जोसेफ एक्लैले ६ विकेट लिए ।

कीर्तिमानी प्रदर्शन गरेका जोसेफले ३ ओभर ४ बलमा एक मेडनसहित मात्र १२ खर्चिएर ६ विकेट लिए । जोसेफको यो बलिङ प्रदर्शन आईपीएल इतिहासकै सर्वाधिक किफायती बलिङ हो । यसअघि सन् २००८ मा सोहिल तानबिरले १४ रन खर्चिएर ६ विकेट लिएको बलिङ फिगर किफायती रहेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले अविजित ४६ रन बनाए ।

यस्तै क्विन्टन डी ककले १९ रन जोड्दा इशान किशनले १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए । कप्तान रोहित शर्मा ११ रनमा आउट भए । जितसंगै मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ । र, मुम्बई लिगको चौंथो स्थानमा छ । पराजित हैदरावाद ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

वि.सं.२०८१ चैत १२ मंगलवार ११:२५

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज ...