YouTube Link

पुन:निर्माणमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सक्रियता

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: २०७२ बैशाख १२ गते गएको महाभुकम्पका कारण हजारौ मानिसले ज्यान मात्र गुमाएनन् भौतिक र मानवीय क्षति सहित करोडौंको सम्पति समेत नष्ट हुन पुग्यो । मानिसका बासस्थान ढले धरै स्थान मरभुमि जस्तो बन्न गयो । भुकम्पले ढलेका संरचनासँगै कति मानिसका मन आजसम्म पनि उठ्न सकेको छैन । भुकम्पमा ध्वस्त भएका व्यक्तिका बास र संरचनाहरु पुर्ननिर्माण तथा जीविकोपार्जन सुधारमा सरकार लगायत बिभिन्न राष्ट्र र गैर सरकारी संस्था, सामाजिक निकायबाट सहयोग जारी छ ।

 

 

भुकम्पबाट बिचलित घरबास गुमाएका पिडितकहरुको पुर्नबासका निम्ति सक्रिय रुपमा लगिरहेको एक संस्था हो संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) । देशका बिभिन्न स्थानमा भुकम्पका कारण गाँसबास गुमाएका परिवारलाई पुर्नस्थपित गराउन युरोपेली आयोगको मानबिय सहयोग तथा नागरिक सुरक्षा विभागको (ECHO) सहयोगमा UNDP द्वारा सञ्चालित बृहत् विपद जोखिम ब्यबस्थापन कार्यक्रम (CDRMP)अन्तर्गत यस संस्थाले सयौ भूकम्प प्रभाववितहरुका घर निर्माण गरिसकेको छ ।

 

 

हाल भुकम्पबाट प्रभावित स्थानहरु मध्ये दोलखा जिल्लाको सैलुङ गाउँपालिका अन्तर्गत वडा ३, ४, ५, ६, ७ र भिमेश्वोर नगरपालिकाको-८ र ९ वडा साथै सिन्धपाल्चोकका इर्खु, बाडे गाऊँ, कुभिन्डे लगायतका स्थानमा दुई जिल्ला गरी १ सय ५० घरहरुको पुननिर्माण, जीविकोपार्जन सुधार र विपद जोखिम न्युनिकरणका कार्यक्रमहरु जारी रहेको कुरा परियोजना संयोजक प्रभाकर थापाले जानकारी दिएका छन् ।

 

 

परियोजना क्षेत्रमा परिचालन भएका इन्जिनियर, सवइन्जिनियर, समाजिक परिचालकहरु आवास निर्माण साथी ANS लगायतको सिप र मेहनतले सयौं भुकम्प प्रभावित परिवारहरु प्रत्यक्ष लाभान्वित भएको स्थनीयहरुले बताएका छन् । परियोजनाद्वारा पुननिर्माणलाई टेवा पुर्याउन सञ्चालित स्थानीयको सिप अभिवृद्धिका क्रियापलापले स्थानीयको आफ्नो सिप अनुसार रोजगारी पाएको परियोजना संयोजक थापाले बताए । ECHO को अर्थिक सहयोगमा UNDP द्वारा सञ्चालित CDRMP परियोजनाले अति विपन्न घरधुरीलाई निर्माण सहयोग सहित अर्थिक रुपमा पनि सहयोग गर्दे आइरहेको छ । UNDP अन्तर्गत खटिएका कर्मचारीहरुले भुकम्प प्रभावित जिल्लाहरुको अवलोकन पश्चात पिडितहरुको लागि कति घर निर्माण गर्नुपर्ने सोहि अनुरुप आफुहरुले सहयोगको खाका तयार पार्ने प्रजेक्ट कोअर्डिनेटर थापाले बताए ।

 

 

विश्वका १ सय ७० देशहरुसँग सहकार्य गर्दे आइरहेको UNDP ले देशको भौगोलिक अवस्थाका बाबजुद पनि देशका बिभिन्न स्थानमा सहयोग गर्दे आइरहेको पुननिर्माण परियोजनाले हालसम्म आफ्नो कामको गति अनुरुप सन्तोषजनक रुपमा कार्य गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...