YouTube Link

पुन:निर्माणमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सक्रियता

Facebook Link

काठमाडौं: २०७२ बैशाख १२ गते गएको महाभुकम्पका कारण हजारौ मानिसले ज्यान मात्र गुमाएनन् भौतिक र मानवीय क्षति सहित करोडौंको सम्पति समेत नष्ट हुन पुग्यो । मानिसका बासस्थान ढले धरै स्थान मरभुमि जस्तो बन्न गयो । भुकम्पले ढलेका संरचनासँगै कति मानिसका मन आजसम्म पनि उठ्न सकेको छैन । भुकम्पमा ध्वस्त भएका व्यक्तिका बास र संरचनाहरु पुर्ननिर्माण तथा जीविकोपार्जन सुधारमा सरकार लगायत बिभिन्न राष्ट्र र गैर सरकारी संस्था, सामाजिक निकायबाट सहयोग जारी छ ।

 

 

भुकम्पबाट बिचलित घरबास गुमाएका पिडितकहरुको पुर्नबासका निम्ति सक्रिय रुपमा लगिरहेको एक संस्था हो संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) । देशका बिभिन्न स्थानमा भुकम्पका कारण गाँसबास गुमाएका परिवारलाई पुर्नस्थपित गराउन युरोपेली आयोगको मानबिय सहयोग तथा नागरिक सुरक्षा विभागको (ECHO) सहयोगमा UNDP द्वारा सञ्चालित बृहत् विपद जोखिम ब्यबस्थापन कार्यक्रम (CDRMP)अन्तर्गत यस संस्थाले सयौ भूकम्प प्रभाववितहरुका घर निर्माण गरिसकेको छ ।

 

 

हाल भुकम्पबाट प्रभावित स्थानहरु मध्ये दोलखा जिल्लाको सैलुङ गाउँपालिका अन्तर्गत वडा ३, ४, ५, ६, ७ र भिमेश्वोर नगरपालिकाको-८ र ९ वडा साथै सिन्धपाल्चोकका इर्खु, बाडे गाऊँ, कुभिन्डे लगायतका स्थानमा दुई जिल्ला गरी १ सय ५० घरहरुको पुननिर्माण, जीविकोपार्जन सुधार र विपद जोखिम न्युनिकरणका कार्यक्रमहरु जारी रहेको कुरा परियोजना संयोजक प्रभाकर थापाले जानकारी दिएका छन् ।

 

 

परियोजना क्षेत्रमा परिचालन भएका इन्जिनियर, सवइन्जिनियर, समाजिक परिचालकहरु आवास निर्माण साथी ANS लगायतको सिप र मेहनतले सयौं भुकम्प प्रभावित परिवारहरु प्रत्यक्ष लाभान्वित भएको स्थनीयहरुले बताएका छन् । परियोजनाद्वारा पुननिर्माणलाई टेवा पुर्याउन सञ्चालित स्थानीयको सिप अभिवृद्धिका क्रियापलापले स्थानीयको आफ्नो सिप अनुसार रोजगारी पाएको परियोजना संयोजक थापाले बताए । ECHO को अर्थिक सहयोगमा UNDP द्वारा सञ्चालित CDRMP परियोजनाले अति विपन्न घरधुरीलाई निर्माण सहयोग सहित अर्थिक रुपमा पनि सहयोग गर्दे आइरहेको छ । UNDP अन्तर्गत खटिएका कर्मचारीहरुले भुकम्प प्रभावित जिल्लाहरुको अवलोकन पश्चात पिडितहरुको लागि कति घर निर्माण गर्नुपर्ने सोहि अनुरुप आफुहरुले सहयोगको खाका तयार पार्ने प्रजेक्ट कोअर्डिनेटर थापाले बताए ।

 

 

विश्वका १ सय ७० देशहरुसँग सहकार्य गर्दे आइरहेको UNDP ले देशको भौगोलिक अवस्थाका बाबजुद पनि देशका बिभिन्न स्थानमा सहयोग गर्दे आइरहेको पुननिर्माण परियोजनाले हालसम्म आफ्नो कामको गति अनुरुप सन्तोषजनक रुपमा कार्य गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...