ठुलो संख्यामा प्रिमियर लिगका १० जनामा कोरोना संक्रमित भेटियो
वि.सं.२०७७ असोज १३ मंगलवार ०९:१४
1.4K
shares
एजेन्सीः प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण देखिएका छ ।
कोरोनाको महामारीपछि सुरु भएको फुटबलमा पहिलो पटक ठुलो संख्यामा संक्रमित भेटिएका हुन् ।
सेप्टेम्बर २१ देखि २७ सम्म १ हजार ५ सय ९५ जना क्लबका स्टाफमा कोरोना परिक्षण गरिएको थियो ।
परिक्षणको क्रममा पोजेटिभ आएको ब्यक्तिको परिचय खुलाईएको छैन । सबैलाई १० दिनका लागि एकान्तवासमा पठाईएको छ ।
गत हप्ता वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयस सहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो ।
वि.सं.२०७७ असोज १३ मंगलवार ०९:१४



















