स्रष्टाबीचको जुँगाको लडाईले रोकियो पद्मश्री पुरस्कार
वि.सं.२०७७ असोज १३ मंगलवार १०:३०
1.5K
shares
काठमाडौं : सधैको वर्ष झै यसपालि पनि प्रदान गर्न लागिएको पद्मश्री साधना पुरस्कार यसपटक भने नहुने भएको छ ।
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष साहित्यिक कृतिका लागि प्रदान गर्दै आएको पद्मश्री साधना सम्मानका विषयमा पुरस्कृत हुने व्यक्तित्वले असहमति जनाएपछि यसपालिको पद्मश्री पुरस्कार रद्द हुन पुगेको कारण यो अवस्था सिर्जना भएको हो ।
छानिएका दुई पुस्तकका लेखकद्वय सञ्जिव उप्रेती र मोदनाथ प्रश्रितले पुरस्कार लिन अस्वीकार गरेपछि आयोजकले यस वर्षको पुरस्कार वितरण नै रोकेको जनाएको हो ।
यस अगाडि प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री पुरस्कार उप्रेती र प्रश्रितलाई दिने घोषणा गरेको थियो। तर उप्रेतीले यौन हिंसाको आरोप लागेका लेखकसँग उभिएर पुरस्कार ग्रहण गर्न नसक्ने भन्दै आपत्ति जनाएका थिए भने प्रश्रितले आफूमाथि तथ्यहिन आरोप लगाउदै बेईजत गर्न खोजेको भन्दै पुरस्कार लिन अस्वीकार गरेका थिए ।
दुई स्रष्टाबीचको जुँगाको लडाईका कारण यस वर्ष दिन लागिएको पद्मश्री साधना सम्मान कार्यक्रम नै रद्द गर्नुपरेको आयोजक संस्थाले जनाएको छ ।
वि.सं.२०७७ असोज १३ मंगलवार १०:३०



















