YouTube Link

एशियाली क्लबहरुको प्रतिष्ठित प्रतियोगिता एएफसी कप आजबाट सुरु

Khanepani Dhal
Facebook Link

काठमाडौं: आजबाट सुरु हुने एएफसी कप अन्तरगत को पहिलो खेलमा नेपालको शिर्ष डिभिजन लिग विजेता मनाङ मर्स्याङदीले बंगलादेशी क्लब अबहानी लिमिटेडसँग खेल्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आपरान्ह ३ बजेपछि मनाङ र अबहानीबीचको खेल हुनेछ । घरेलु मैदानको प्रत्यक्ष फाइदा उठाउँदै मनाङ आजको खेलमा जित हातपार्ने दाउमा छ । उत्कृष्ट प्रदर्शन सहित लिग जितेको मनाङको टिम थप सुधारिएको मनाङका प्रशिक्षक छिरिङ लोप्साङले बताए ।

मनाङको स्ट्राईक, मिडफिल्ड र डिफेन्स तीनै पक्ष अब्बल रहेको कारण घरेलु मैदानमा त्यसको फाईदा उठाउने प्रशिक्षक छिरिङले बताए । यस्तै कप्तान बिराज महर्जनले पनि खेलका लागि शारीरिक र मनोबैज्ञानीक सबै पक्षमा उब्बल रहेका कारण जित हुनेमा ढुक्क हुने बताए ।

यता अबहानीका प्रशिक्षक मारियो लिसिनोले पनि घरेलु मैदानमा मनाङसँग ३ अंक खोस्ने योजना सुनाएका छन् । नेपालको मैदान, यहाँको खेल र मनाङका खेलाडीहरुको अध्ययन गरेर जित्ने मिसनको साथ नेपाल आएको उनले बताए । भारतको चेन्नाई, मिनरोभा पञ्जाब र बंगलादेशको अबहानी लिमिटेडसँगै एएफसि कपको समुह इ मा रहेको नेपालको मनाङले पहिलो खेलमा अवहानीसँग खेल्न लागेको हो ।

मनाङले अवहानी सँगको दोस्रो खेल जुन १९ मा बंगलादेशको ढाकामा खेल्ने छ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । आजै हुने अर्को खेलमा भारतको आईएसएल विजेता चेन्नईन एएफसीले भारतकै आई लिग विजेता मिनरवा पञ्जावसँग प्रतिष्पर्धा गर्नेछ । यी दुईबीचको खेल अहमदावादमा राती साँढे सात बजे खेलिनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

वि.सं.२०८१ माघ ५ शनिवार १५:१०

काठमाडौं: आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले डेब्यू...

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

वि.सं.२०८१ पुस १० बुधवार ०७:३५

काठमाडौं: नेवाः पत्रकार दबुको आयोजनामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष...

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

वि.सं.२०८१ पुस ७ आइतवार १६:२३

काठमाडौं: नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९...

जनकपुर बोल्ट्सले उचाल्यो पहिलो संस्करणको एनपिएलको उपाधि

जनकपुर बोल्ट्सले उचाल्यो पहिलो संस्करणको एनपिएलको उपाधि

वि.सं.२०८१ पुस ६ शनिवार १६:०२

काठमाडौं: पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को...

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्दै

वि.सं.२०८१ पुस ६ शनिवार १२:१४

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध...

उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

वि.सं.२०८१ पुस ६ शनिवार १२:००

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज उपाधिका...